काठमाडौँ, ३ कात्तिक
काठमाडाँ महानगरपालिका वडा न. १५ डल्लु च्वय् बुँको एक घरबाट दिउँसो दुई बजेतिर करिब रु छ लाख
बरावरको गरगहना र सामान चोरी भएको छ ।
चोरहरुले घरमा कोही नभएको मौका पारी स्थानीय लक्ष्मीकृष्ण अमात्यको घरबाट १६ तोला जतिको गरगहना र अरु सामान कुम्ल्याएका थिए । चोरीमा पाँच÷छ युवक सामेल रहेको आशङ्का गरिएको छ ।
अमात्यले आफूले सङ्कलन गरी आएका विभिन्न देशका करिब २५ वटा सिक्कासमेत चोरी भएको जानकारी दिएका छन् ।
रासस