एमाले कार्यकर्ताको हत्या

धादिङ ३ कात्तिक 

नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवम् १ नं. निर्वाचन क्षत्रीय कमिटीको सदस्य दार्खा–१ निवासी ४० वर्षीय शिव थापामगरको हत्या गरिएको  छ ।

     यही कात्तिक १ गते अपरान्ह घरबाट बाहिर गएका शिव घर फर्केर नआएपछि खोजी गर्दै जाँदा उनको लास घर नजिकै जङ्गलमा आज बिहान  फेला परेको  थियो ।

धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा उनको लास फेला परेको छ ।

थापामगरको कसले, किन हत्या गरेको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

घनश्याम अर्यालले बताए  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %