काठमाडौँ २ कात्तिक
दाङको तुलसीपुर नगरपालिका–७ थापापाती बस्ने ४० वर्षीय कुलबहादुर बाठालाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।अभियुक्त बाठाले ३२ वर्षीया श्रीमती कमलालाई घरायसी विवादको विषयलाई लिएर हत्या गरेका प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नवलपरासीको दाउत्रेदेवी–७ बस्ने २८ वर्षीय सुरेश देवकोटा र निजको भाइ २२ वर्षीय मनोज देवकोटाको चक्कु प्रहारबाट मृत्यु भएको छ ।
उनीहरूलाई विजयादशमीका दिन सोही ठाउँ बस्ने सङ्गम तामाङले चक्कु प्रहार गरेका थिए । उक्त घटनामा संलग्न सोही ठाउँ बस्ने ३८ वर्षीय सुदीप तामाङ र २४ वर्षीय नवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ भने सङ्गम तामाङ फरार छन् ।
रासस