मकवानपुर, २ कात्तिक
दसैँका बेला पिङ हाल्नेक्रममा लिङ्गा ढलेर मकवानपुरमा सेते चेपाङ को मृत्यु भएको छ । हाँडीखोला–७ का चेपाङको पिङको लिङ्गा ढल्दा किचेर मृत्यु भएको स्थानीय बासिन्दाले बताए ।
सालको लिङ्गा गाडेर उठाउने बेला एक्कासी ढलेर च्याँपेपछि चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।पिङ हाल्नेक्रममा चेपाङको मृत्यु भएपछि हाँडीखोला र आसपासका क्षेत्रमा यसवर्ष लिङ्गे पिङ नहालिएको स्थानीय बासिन्दाले बताएका छन् ।
रासस