पाथिभरामा दुई लाख पर्यटक भित्र्याइने

Read Time:2 Minute, 0 Second

    ताप्लेजुङ २ कात्तिक
 नागरिकस्तरबाट गठित पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण समितिले नेपाल पर्यटन वर्ष–२०११ मा पाथिभरा क्षेत्रमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको छ ।
    
    धार्मिक पर्यटकीयस्थलका रूपमा प्रसिद्धि कमाएको पाथिभरा क्षेत्र जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने योजनासहित अघि सरेको समितिले सुविधासम्पन्न होटल र खानपानको व्यवस्था गर्न होटल व्यवसायीसँग सहकार्य गर्ने भएको छ ।

    पर्यटकको स्वागत र सत्कारका लागि खाद्यलगायत आवश्यक वस्तुको उचित मूल्य तोक्ने, त्यसको सार्वजनिकीकरण गर्ने र त्यसलाई पारदर्शीरुपले लागू गर्न सम्बद्ध पक्षसँग समितिले अनुरोध गरेको छ ।

    पाथिभरामा दुई लाख पर्यटक भित्र्याउने लक्ष्यलाई साकार पार्न जिल्ला विकास समिति, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल पर्यटन बोर्ड सरकारी तथा गैरसरकारी सङ्घसंस्था लागिपरेका छन् ।

    समितिले यही महिना झापा, मोरङ, सुनसरीलगायत तराईका क्षेत्रमा घरदैलो अभियानसमेत सञ्चालन भएको छ । पर्यटन वर्षलाई सफल बनाउन लागिपरेको समितिले ‘पाथिभरा जाऔं, धार्मिक तथा पर्यापर्यटनमा रमाऔं, सन् २०११ लाई पर्यटन वर्षका रूपमा सफल बनाऔं’ भन्ने नारा बनाएको छ ।
रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %