ताप्लेजुङ २ कात्तिक
गाउँभरी झलमल्ल बिजुली बल्दा ताप्लेजुङ हाङपाङ–९ माखातोपका आठ परिवार दलित अरुका घरको बिजुली हेरेर बस्न बाध्य छन् । हाङपाङ गाविसको सोभुवा खोलाबाट उत्पादन गरिएको बिजुली गाविसमा बाँडिएको भए पनि सेयर र ट्रान्समिटर किन्न नसकेका कारण उनीहरुले विद्युत् उपभोग गर्न पाएका छैनन् ।
रु १० हजारको सेयर, ट्रान्समिटर, केबुल, बल्ब लगायत सामग्रीका लागि एक परिवारले करिब रु २० हजार तिर्नुपर्छ । यी दलित परिवारले रकम जम्मा गर्न नसक्दा विद्युत् सेवाबाट बञ्चित भएका हुन् ।