‘पहिला शिविर खाली गर अनि मात्र संविधान बन्छ’ -नेता पौडेल

Read Time:1 Minute, 44 Second


    चितवन १ कात्तिक
 नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति कायम गरेर मात्र संविधान बन्नुपर्ने बताएकाछन् ।
चितवनको रत्ननगरस्थित नेपाल उच्च माविका भूतपूर्व विद्यार्थीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशमा शान्ति कायम भएपछि मात्र संविधान बन्नुपर्ने बताए । उनले भने, “यही अवस्थामा बनेको संविधानले जनताको रक्षा गर्न सक्दैन, देशमा दुईवटा सेना रहेसम्म शान्ति स्थापना हुन नसक्ने भएकाले माओवादी लडाकूका शिविर खाली गरेर मात्र नयाँ संविधान बन्नसक्छ ।”

    नेपाली काँग्रेस शान्ति र लोकतन्त्रका लागि प्रतिबद्ध भएको बताउँदै नेता पौडेलले अन्य दलका कारण संविधान र सरकार बन्न नसकेको बताए ।
 काँग्रेसले पदका लागि नभएर शान्ति र लोकतन्त्रका लागि प्रधानमन्त्रीको उम्मेदवारी नछाडेको उनको भनाई थियो । नेता पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)ले देशलाई अलमलमा पारिरहेको आरोप लगाउँदै हतियारको राजनीति त्यागेको विश्वासिलो आधार प्रस्तुत गरेमा मात्र माओवादीसँग सहकार्य हुनसक्ने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %