परिवर्तनका अथक योद्धा अम्बिका साँवा यस्ता थिए

Read Time:4 Minute, 0 Second

ताप्लेजुङको खोक्लिङ गाउ विकास समिति वडा ३ मा १९९३ साल चैत महिनामा बाबु पूर्णबहादुर साँवा र आमा जसोती साँवाका कोखबाट जन्मिएका दुई छोरा ६ बहिनी मध्ये अम्बिका साँवा जेठा छोरा हुन । २०१४ सालमा राजनीतिकमा चासो दिन थालेका  साँवा २०१८ सालमा नेपाली काग्रेसले चलाएको आन्दोलनमा सक्रिय थिए ।  २०१९ सालमा गाँउ फर्क अभियानमा साँवा गाउ पञ्चायतमा  उप प्रधान पञ्चमा मनोनित भए । साँवा २०२२ सालमा ताप्लेजुङ जिल्लाको दोश्रो  सभापति समेत बनेका हुन ।
 २०२३ साल देखि बामपन्थी धारमा लागेका साँवाले २०२५ सालमा पञ्चायतका सरकारी कार्यालय हटाउ भन्ने आन्दोलन समेत सञ्चालन गरेका थिए । पञ्चायतका विरुद्धमा खोक्लिङ गाउमा प्रगतिशिल साहित्यक पत्रिका झुप्रो समेत प्रकाशित गरेर आन्दोलन गरेका थिए ।  २०२६ सालमा ताप्लेजुङको लुङथुङमा रहेका अञ्चलाधिस कार्यालयले पक्राउ गरी ६ महिना नजरबन्द गरेर घुन्सामा राखेपनि  उनी संघर्षबाट कहिल्यै पछि हटेनन् । हरदम परिवर्तका पक्षधर साँवाले कहिल्यै कुनै सम्झौता गरेनन् । त्यसका निम्ति उनले आफुले लामो समय लगानी गरेको दल समेत त्यागे तर आफ्नो राजनीति त्यागेनन् ।

तत्कालिन मालेले २०२८ सालमा गरेको झापा आन्दोलनमा सक्रिय सा“वा एक बर्ष पछि कोशी प्रान्तिय कमिटीमा आबद्ध भएर काम गरेकाथिए । त्यसपछि किसान जनबर्गिय संगठनको अध्यक्ष समेत भएर काम गरे । २०३१ सालमा ताप्लेजुङको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका साँवाले २०३६ सालको जनमत संग्रहमा ‘जनमत संग्रह जनक्रान्तिको विरुद्ध एउटा षडयन्त्र र  धोका हो’ भन्दै ताप्लेजुङमा आन्दोलनको नेतृत्व समेत गरेका थिए ।

मालेको विभिन्न कमिटीमा रहेर काम गरेका साँवा २०४८ सालको  आम निर्वाचनमा ताप्लेजुङको क्षेत्र न २ बाट  नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट  सासंदमा निर्वाचित भएका थिए । उनले २०५२ सालको मध्यावधि निर्वाचन समेत सोही निर्वाचन क्षेत्रबाट   जितेका थिए । २०५५ सालमा  एमाले विभाजनपछि मालेको तर्फबाट जनसंख्या तथा बातावरण मन्त्री भएका  उनी २०५९ सालमा एमालेको राजनीति छोडेर तत्कालिन नेकपा माओवादीमा प्रवेश गरेकाथिए ।

 माओवादीको केन्द्रिय कमिटीका सल्लाहकार भएर काम गरेका साँवा अहिले पनि माओवादीको १४ जना सल्लाहकार मध्ये एक थिए । शिक्षा क्षेत्रमा लगानी गर्न रुचाउने साँवा मोति उच्च माध्यमिक विद्यालयका खोक्लिङका संस्थापक अध्यक्ष समेत हुन् । उनी विभिन्न समय शिक्षा समितिको सदस्य समेत भएका थिए । कहिल्यै नथाक्ने र कर्ममा हरदम जुटिरहने एक कर्मजिवी यस्ता योद्धाको उच्च रत्तचापका कारण ३१ असोज ५ः ३० बजे काठमाण्डौको मोडर्न अस्पतालमा देहान्त भयो ।
 

 

राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %