नेवारको ज्वाईं पुज्ने पर्व शुरु भो

काठमाडौँं १ कात्तिक
 आश्विन शुक्ल पूर्णिमासम्म मनाइने नेवार समुदायको नखत्या भ्वय दशमीको दिनदेखि सुरु भएको छ । नेवार समुदायमा दशैंको टीका थाप्न आउने ज्वाईंलाई मिठामिठा खानेकुरा खुवाई सम्मान गर्ने चलन छ, यसलाई नै नखत्या भ्वय भनिन्छ ।
दशैंको दिनलाई नेपालभाषामा चालँ भनिन्छ । असनका नेवारहरूमा भने आज अर्थात् एकादशीमा मात्रै चालँ मनाउने चलन छ । टीका थाप्न आउने ज्वाईंलाई हाँसको अन्डा, न्ह्येपु, मे, लापी, लाव, खसीको फोक्सो, पुकलालगायतका परिकारबाट भव्यरूपमा स्वागत गर्ने गरिन्छ । उनीहरूलाई रक्सी, जाँड, थरिथरिका अचार पनि खुवाइन्छ ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %