अर्घाखाँची, १ कात्तिक
अर्घाखाँचीको खिदीम गाविसमा करेन्ट लागेर आज पाल्पा भुवनपोखरी गाविस–९ का १४ वर्षीय बालक कुशल भट्टराईको मृत्यु भएको छ । खिदीम गाविस–८ स्थित ठूलीआमाको घरमा टीका थाप्न गएका कुशलको घरनजिकै कीर्तिपीपल भन्ने स्थानमा रहेको बिजुलीको ट्रान्सफर्मरमा करेन्ट लागेको स्थानीय अच्युत गौतमले बताए ।
रासस