दशैं विदाले फेरि लियो ज्यान

    
    हुम्ला, ३१ असोज 

हुम्ला जिल्लामा फैलिएको रुघाखोकीबाट हिजो बेलुका एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा श्रीनगर कालिका मैलामदवा गाविस वडा नंं. २ निवासी ५० वर्षीय झुसे कुलाला रहेका छन् ।यसअघि गत बुधबार सोही गाविस वडा नं. ८ का ६५ वर्षीय विश्व महताराको रुघाखोकीबाट मृत्यु भएको थियो ।

  जिल्लाको सदरमुकाम सिमकोटदेखि दक्षिणतर्फका पाँच गाविसमा अहिले रुघाखोकी महामारीका रूपमा फैलिएको र सो बाट सय जना जति प्रभावित भएका छन् । दसैँ बिदाका कारण स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि उपचारका लागि कठिनाइ हुन गएको छ ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %