आज दशैं मनाइदैं

Read Time:1 Minute, 24 Second

   

    काठमाडौँ, ३१ असोज
 बडादशैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । आज बिहान ७ः२३ बजे देवी विसर्जन र बिहान १०ः४३ बजे टीका  शुभसाइत थियो ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । आज नौदिनसम्म दसँैंघरमा दुर्गा भवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टीका लगाउने प्रचलन छ ।
पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा बिसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिइन्छ ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %