काठमाडौँ, ३० असोज
दसैँको उपलक्ष्यमा ब्रसेल्सस्थित नेपाली राजदूतावासमा हिजो शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा राजदूत प्रमेशकुमार हमालले दसैँ मनाउने सबै नेपालीमा सुस्वास्थ्य एवम् प्रगतिको कामना गर्दै यस्ता चाडपर्वहरूले एकआपसमा समझदारी, भाइचारा, सहकार्य तथा सद्भावको विकास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । ।
बेल्जियममा बसोबास गर्ने नेपाली समुदायका तर्फबाट गैरआवासीय नेपाली सङ्घ, बेल्जियमका महासचिव नन्द घले, नियोग उप्रप्रमुख दीपक धिताललगायतले शुभकामना व्यक्त गरे । ।
कार्यक्रममा बेल्जियमका लागि अवैतनिक वाणिज्यदूत, नेपालमा कार्यरत बेल्जियन गैरसरकारी संस्थाका प्रतिनिधि, बेल्जियमस्थित गैरआवासीय नेपाली सङ्घलगायत नेपाली समुदायका सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, महिला, एवम् पत्रकार सहभागी थिए ।
रासस