‘मधेसी नेताहरुकै कारण मधेसमा बिकाश भएन’ उपराष्टपति झाँ

Read Time:1 Minute, 39 Second

    लहान, ३० असोज
 उपराष्ट्रपति परमानन्द झाले मधेसवादी दलहरू इमानदार नभएकाले मधेसको विकास हुन नसकेको  । सिरहाको दक्षिणी सीमावर्ती भगवानपुर गाविसस्थित ऐतिहासिक शक्तिपीठ बालासुन्दरी भगवतीको दर्शनपश्चात आयोजित कार्यक्रममा उनले  मधेसवादी दलहरूबीच भएको फुटको कारण यस क्षेत्रको विकास प्रभावित भएको बताए ।

    राज्यबाट आउने विकास बजेटको सहीरूपमा सदुपयोग भएको छ, छैन त्यसप्रति स्थानीयवासी गम्भीर हुनुपर्दछ भन्दै उपराष्ट्रपति झाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबभन्दा ठूलो समस्या भनेको तराई मधेसको विकास नहुनु हो  ।
विकासका लागि आउने बजेटमा हुने गरेको भ्रष्टाचारकै कारण लहान ढाडी सडकको दुरावस्था भएको उल्लेख गर्दै उपराष्ट्रपति झाले सो सडकको विकासप्रति यस क्षेत्रका मन्त्री, सभासद् र जनताले तत्परता देखाउनु पर्ने बताए  ।

    उपराष्ट्रपति झाले स्थानीय भगवानपुर गाविस र जनश्रमदानसमेत गरी रु सात लाखको लागतमा १२ कट्ठा जग्गामा निर्माण भएको आधुनिक बगैँचाको उद्घाटन गरे ।  सो कार्यक्रम निर्माण समितिका अध्यक्ष देवनारायण यादवको सभापतित्वमा भएको थियो ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %