झापामा सन्थालहरूको सांस्कृतिक मेला

    झापा (गौरीगन्ज) ३० असोज

 झापाको लखनपुर ४ र ५ मा पर्ने गेउरिया बजारमा आज सन्थालहरूको सांस्कृतिक मेला लागेको छ । स्थानीय बजार व्यवस्थापन समिति र गेउरिया कीर्तन मण्डलीको अगुवाइमा सो मेला लागेको हो ।
मेलामा विभिन्न स्थानबाट सन्थाल टोली बोलाइएको मण्डलीका सल्लाहकार रविन भण्डारीले बताए । सो स्थानमा आजै सामूहिक रूपमा आयोजना गरिएको दुर्गा पूजाको समापनसमेत गरिएको छ ।
दसँैको अवसरमा झापा र मोरङका आदिवासी सन्थालले विभिन्न स्थानमा सांस्कृतिक नृत्य देखाउने गरेका छन् ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %