काठमाडौँ, २८ असोज । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानका लागि पछिल्ला समयमा गतिशीलता देखिएकाले राष्ट्रिय सहमतिका लागि चारैतिर वातावरण बन्दैगएको बता । अध्यक्ष खनालले राष्ट्रिय सहमति बन्न सक्दैन भन्नु शान्ति र संविधानविरोधी आवाज भएको बताए ।
उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने धारणा हालै सार्वजनिक
उनले राष्ट्रिय सहमतिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरण पनि बन्दैगएको बताउँदै माओवादीलाई सरकारको नेतृत्व दिनु हुन्न भनिरहेको छिमेकी भारतका एक प्रतिनिधिले पनि हालै आफूसँगको भेटमा राष्ट्रिय सहमति आवश्यक भएको प्रतिक्रिया दिएको अवगत गराए ।
नेकपा (एमाले) १५ नं वडा शाखा कमिटीद्वारा आज स्वयम्भू (होटल बज्र) मा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा अध्यक्ष खनालले कामचलाउ सरकारलाई लामो समयसम्म नराख्न नेपाली काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनुपर्ने अडान दोहो¥याउँदै अन्यथा मुलुकमा एकता र समृद्धि नहुने बताए ।
कार्यक्रममा एमालेका नेताहरू अमृतकुमार बोहरा, प्रदीप नेपाल, अष्टलक्ष्मी शाक्य, जीवनप्रेम श्रेष्ठलगातयको उपस्थिति रहेको थियो ।
रासस