बस पल्टियो, २० घाइते

Read Time:1 Minute, 13 Second

कावासोती, २८ असोज
 पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलहानीस्थित खहरेखोलामा आज बिहान भएको बस दुर्घटनामा २० जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जाँदैगरेको ना४ख ३६५८ नम्बरको बस तीव्रगतिका कारण दुर्घटना भएको बताइएको छ ।
बस दुर्घटनामा परी घाइते भएका रोल्पाका तारा गुवाजु, रोल्पा गैरीगाउँ–७ का कृष्ण पुन, रोल्पाकै जुनार गाविसका केशव पुन, रोल्पा बुढा गाउँका गुरु घर्तीमगर, दाङ नारायणपुर–१ का कमल आचार्य, मानपुर–८ का मङ्गल चौधरी र कनैयालाल चौधरीको कालीगण्डकी सामुदायिक अस्पताल कावासोती उपचार भइरहेको छ ।

अन्यको मध्यविन्दु अस्पताल डन्डामा र गम्भीर घाइते छजनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %