दुर्घटनामा मारिएका पाँच लाश काठमाडौँ लगियो

Read Time:1 Minute, 23 Second

    

    धादिङ, २८ असोज
 उत्तरी धादिङको मापाक गाविस–७ चापकुनामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका दुईमध्ये सनाखत हुन नसकेका एकजना मृतक धादिङ सत्यदेवी गाविस–८ निवासी १९ वर्षीय हेमबहादुर रानामगर रहेको प्रहरीले जनाएको छ ।

    धादिङबेसीबाट दार्खा–१ को किम्ताङ फेदी गइरहेको बा२ख १२६९ नं को मालबाहक मिनीट्रक बुधबार राति ११ बजे दुर्घटना हँुदा मृत्यु हुने एक अन्य व्यक्ति गुदी–७ निवासी ३६ वर्षीय शिवराम सिंखडाको राति नै सनाखत भइसकेको थियो ।

    उक्त दुर्घटनामा परी घाइते भएका अन्य नौजनाको किम्वाङ फेदीस्थित नेत्रावती हेल्थकेयर एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेकामा उनीहरूमध्ये गुम्दी–७ की ३१ वर्षीया सुधा सिंखडा, ११ वर्षीया स्नेहा सिंखडा, वर्ष ७ का स्कृत सिंखडा, सत्यदेवी–८ की २८ वर्षीया ज्योति गुरुङ र वर्ष ७ की सजना गुरुङलाई हेलिकोप्टरद्वारा काठमाडौँ लगिएको छ ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %