दसैँमा खसीबोका नबिकेर व्यापारी हैरान

Read Time:1 Minute, 25 Second

   

    दमौली, २८ असोज
 यसपालिको दसैँमा सोचेअनुसार खसीबोकाको बिक्री नहुँदा व्यापारीहरू निराश भएका छन् ।तनहुँ जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा भित्रिएका खसीबोका बिक्री हुन नसकेपछि व्यापारीहरूले फर्काउन थालेका छन् । बुधबारसम्ममा ३०० भन्दा बढी खुसीबोका बिक्री नभएर फर्काइएको व्यास–१ अम्रेनिका बामदेव मिश्रले  बताए । ।
विकट गाविसहरू बैडी, कोटा, छिपछिपे, देवघाटबाट ल्याइएका खसीबोका व्यापारीले फर्काइसकेका हुन् ।

यसपटकको दसैँका लागि अधिकांश व्यक्तिले घरघरमै खसीबोका पालेकाले बिक्री नभएको भनाइ अर्का व्यापारी बेलबहादुर विकले   बीसवटा खसीबोका मध्ये बिक्री नभएका १४ वटा फर्काउने तयारी भएको विकले जानकारी दिए । । गत वर्ष भने यहाँ खसीबोकाले राम्रो बजार पाएको थियो । यस वर्ष तनहुँमा २० हजार खसीबोका भित्रिएको छ । जिउँदो खसीको प्रतिकेजी रु २८० र बोकाको प्रतिकेजी २६० रुपैयाँमा बिक्री भएको व्यापारीले बताएका छन् ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %