दशैंमा देउवाको मुखबाट मिठो बोली

Read Time:2 Minute, 56 Second

    

    काठमाडौँ, २८ असोज
 नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दसैँपछि लोकतान्त्रिक संविधान लेखन र शान्तिप्रक्रियाको कामले तीव्रता पाएर अहिलेकोे राजनीतिक गतिरोध अन्त हुने विश्वास व्यक्त । हाम्रो मित्र युवा समूह छत्रपाटी काठमाडौँद्वारा बडादसैँको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेता देउवाले बडादसैँमा दिगो शान्ति, संविधान लेखन र राजनीतिक स्थिरता कायम गर्न सबैमा बुद्धि फिर्ने विश्वास व्यक्त  गरे ।

    हतियार लिएका माओवादी शान्तिप्रक्रियामा आएपनि शान्तिप्रक्रियाले गति लिन नसकेबाट सबैमा चिन्ता छाएको भन्दै नेता देउवाले मुलुकको राजनीतिक अवस्था जटिल भएकाले सबै नेपाली मिलेर समाधान गर्नुपर्ने बताए । ।

    नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले शान्तिप्रक्रिया, संविधान लेखन र सत्ता साझेदारीको विषय प्याकेजमा सहमति नभएसम्म दिनको २४ पटक मतदान भएपनि काँग्रेस प्रधानमन्त्री निर्वाचनको वैधानिक बाटोबाट पछि नहट्ने दृढता  । प्याकेजमा सहमति भए उम्मेदवारी फिर्ता लिनसकिने भनाइ राख्दै नेता सिंहले वैधानिक बाटोबाट हिँड्दा लोकतन्त्र पनि मजबुत हुने  बताए ।

हिंसा र हतियारको राजनीति गर्ने र जनताको हकअधिकार सुनिश्चित गर्न खोज्ने पार्टीलाई एकै ठाउँमा राख्न नहुने भन्दै नेता सिंहले हिजो माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिनासाथ चुट्कीको भरमा सहमति हुन्छ भन्ने भनाइ आज झुटो सावित हुँदै गएको धारणा दोहोरयाए ।

    सो कार्यक्रममा मुलुकको विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएको भन्दै पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त ललितकुमार लिम्बू, डा चन्द्रलक्ष्मी श्रेष्ठ, डा विजयराजभण्डारीलगायतलाई वरिष्ठ नेता देउवाले सम्मान  गरे । समूहले मिर्गौला रोगी बिज्जु पुजारीलाई ४६ हजार रूपैयाँ आर्थिक सहयोग दिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %