खगेन्द्र बने आधिकारिक होचा

Read Time:2 Minute, 15 Second

पोखरा, आश्विन २८ 

पोखरामा गिनिज बुक अफ द वल्र्ड रेकर्डले बिहीबार खगेन्द्र थापा मगरलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान गरेको छ ।

रेकर्डसका उपाध्यक्ष मार्को फिरगाटीले एक समारोह बीच पोखरामा होचा व्यक्तिको प्रमाणपत्र र मेडल प्रदान गरेका हुन् । खगेन्द्रको उचाई  ६७ दशमलब  ८ सेन्टिमिटर र तौल ६ दशमलब ५ किलोग्राम रहेको छ ।

बाग्लुङको धुल्लुबांस्कोट ६ उल्लेरीमा जन्मेका उनी बिहीबारबाट १८ बर्ष पूरा गरेर १९ औं बर्षमा प्रवेश गरेका छन् ।  प्रमाणपत्र समारोहमा खगेन्द्रलाई बधाई दिन र हेर्न बिभिन्न क्षेत्रका व्याक्तिहरूको जमघट भएको थियो ।

सरकारले दिएको नागरिकता, स्वास्थ्य परीक्षण लगायतलाई आधार मानेर खगेन्द्रलाई होचा व्याक्तिको प्रमाणपत्र दिईएको मार्कोले बताए । खगेन्द्रको बारेमा थप अनुसन्धान र परीक्षण गरी होचा व्याक्तिको प्रमाणपत्र प्रदान गर्न दुई दिनअघि गिनिजको टोली पोखरामा आईपुगेको थियो ।

उनको वास्तविक उचाई र तौल पत्ता लगाउन बुधबार स्थानीय फेवासिटी हस्पिटलमा बालरोग बिशेषज्ञ डा। हुमप्रसाद न्यौपानेले बिहान, दिउँसो र साँझ परीक्षण गरेका थिए । साथै बिहीबार बिहान पनि परीक्षण गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष मिनबहादुर राना मगरले खगेन्द्रको नाम गिनिज बुकमा लेखाउन राज्यले चासो नदिंदा धेरै हण्डर खानु परेको गुनासो गर्दै कडा संर्घष र मेहनतका कारण विश्वमा नाम फैलाउन सफल भएको बताए ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %