गुल्मी, २८ असोज
अरिङ्गालले टोकेर गुल्मीको अग्लुङ गाविसमा आज एक बालिकाको ज्यान गएको छ ।गुल्मीको अग्लुङ गाविस वडा नम्बर ६ स्थित रघुवा निवासी दुजमान चन्दकी १३ वर्षीया छोरी गीता चन्दको अरिङ्गालले टोकेर ज्यान गएको हो । बुधबार दिउँसो घरनजिकैको रानीबनमा दाउरा खोज्न गएको बेला अरिङ्गालले टाउकामा टोकेपछि गएराति उनको ज्यान गएको स्थानीय तारामणि चन्दले जानकारी दि ।