बाँके (नेपालगन्ज), २७ असोज
एसीसी यु–१९ महिला क्रिकेटमा नेरी थापाको अपराजित यात्रा र किर्तिमानी छक्काले नेपालगन्जमा खुसीयाली मनाईएको छ । क्रिकेटरहरूले रङ्गशालामा भेला भएर मिठाई बितरण र अबिर लगाएर बधाई आदनप्रदान गरेका छन् ।
राष्ट्रिय टोलीमा कप्तान नेरी र उत्कृष्ट बलर मनिषा रावतसहित पॉच खेलाडी नेपालगन्जकै भएका कारण नेपालगञ्जमा त्यस्तो खुसीयाली मनाईएको हो । महिला क्रिकेटको यू–१९ स्पर्धामा नेरीले पहिलो छक्काको किर्तिमान कायम गरेकी छन् । उनी तीन खेलमा वुमन अफ द म्याच भईन् ।
नेरीको कप्तानीका १४ वटै खेल नेपालले जितेको छ । घरेलु मङ्गलप्रसाद माविको मैदानमा भने उनले दिनहु‘ छक्का हान्थिन र तीन÷चार वटा कालाजाम जित्थिन् । तर, अन्तर्राष्ट्रिय स्पर्धामा एउटै छक्काले किर्तिमान राखेको छ । भुटानबिरुद्धको फाइनल खेलको नतिजा पर्खेर बसेका नेपालगन्जका क्रिकेटरहरू नेपालले उपाधि जितेपछि रङ्गशाला पुगेका थिए ।
छेवैमा नेरीको घर छ । ‘उपाधि जितेको खबरसँगै फोनबाट धेरैले बधाई दिए’–नेरीकी आमा निर्मलाले भनिन्–‘असाध्यै खुशी लाग्यो ।’ अर्ध–शतक र छक्का बटुलेकी नेरी प्रतियोगिताकी ब्याट्स वुमन भएकी छन् । राष्ट्रिय टोलीमा कप्तान नेरीसहित बॉकेका सीता थापामगर, ममता थापा, मनिषा रावल र तृष्णा सिंह छन् ।
दुई बर्षअघि थाइल्याण्डमा भएको स्पर्धामा पनि नेपालले उपाधि जितेको थियो ।
‘यसपटक नेपालको ब्याटिङ सुध्रेको छ’– प्रशिक्षक जमिल अन्सारीले बताए । टस जित्दा सधै फिल्डिङ रोज्ने नेपालले पहिलोपल्ट ब्याटिङलाई प्राथमिकता दियो । १७६ रनको नयॉ स्कोर पनि खडा गरेकाले आफू सन्तुष्ट भएको अन्सारीले बताए ।
दसैको रमाइलो छाडेर किशोरीहरूको जितमा खुशी साट्न क्षेत्रीय क्रिकेटका अध्यक्ष विनोद मैनाली, पूर्व अध्यक्ष सुनिल हमाल, प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, बॉके क्रिकेट सङ्घका अध्यक्ष सन्जय सिंह र जयन्त शर्मा रङ्गशाला पुगेका थिए । उनीहरूले त्यही नेरीका बुवाआमालाई बोलाएर मिठाई खुवाए र अबिर लगाए ।
क्षेत्रीय क्रिकेट सङ्घ क्षेत्र नं. ५ ले उपाधि जित्ने टोलीमा सहभागी बॉकेका खेलाडीहरूलाई जनही पॉच हजार पुरस्कारको घोषणा गरेको छ । ‘किशोरीहरूको जितलाई प्रोत्साहन गर्न पुरस्कार घोषणा गरेका हौ’–मैनालीले भने ।
नेपालमा ६ बर्षअघि बॉकेबाट महिला क्रिकेट सुरुवात भएको हो ।