पोखरा, २७ असोज
विश्वकै होचा खगेन्द्र थापामगरको आज पोखराको नागढुङ्गास्थित फेवासिटी अस्पताल एन्ड रिचर्स सेन्टरमा स्वास्थ्य परीक्षण भयो ।
उनको स्वास्थ्य परीक्षण गरेको अस्पतालका चिकित्सक होमप्रसाद न्यौपाने र गिनिज बुक अफ वल्र्डबाट आएको टोलीले गरेको थियो । स्वास्थ्य परीक्षण गरेको रिपोर्ट भने भोलिमात्रै सार्वजनिक गरिने भएको छ ।
स्वास्थ्य परीक्षणबाट उनी स्वास्थ्य ठहरिए भोलि मध्याह्न एक कार्यक्रमका बीच गिनिज बुक टोलीले विश्वकै सबैभन्दा होचो व्यक्तिको रूपमा प्रमाणपत्र दिनेछ ।
उनलाई प्रमाणपत्र दिन मार्कोको नेतृत्वमा एक गिनिज बुकको टोली मङ्गलबार पोखरा आइसकेको छ ।
रासस