नेपालगन्ज, २७ असोज
हिन्दूहरुको ठूलो पर्व दशै मनाउन घर हिडेका मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दा हवाई टिकट नपाएपछि नेपालगन्जमै अलपत्र परेकाछन् । नेपालगन्जका विद्यार्थी, कर्मचारी र औषधि उपचारका लागि आएका स्थानिय बासिन्दा घर फर्कन नपाएर अलपत्र परेका हुन् ।
यसरी अलपत्र परेपछि डोल्पा जान नेपालगन्ज विमान स्थलमा धाएका सयौं यात्रु बेखर्ची भएका छन् । तारा यएरलाइन्सले दशैमा सहुलियत दरमा उडान भर्ने आश्वासन दिएर टिकट वितरण गरेपनि उडान नभरेको स्थानियबासीन्दाले बताएका छन् ।
त्यस्तै नेपाल एयरलाइन्सले सहुलियतमा उपलब्ध गराएको हवाइ टिकट समेत दलालले उडाएपछि यात्रुले टिकट पाउन सकेका छैनन् ।
साउनदेखि डोल्पा जान नपाएर नेपालगन्जमा अलपत्र परेका यात्रुले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रजिअ बासुदेव दाहाललाईसहुलियत उडान भर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।