धनकुटा, २७ असोज
नेपाली सेनाको नम्बर २ बाहिनी अड्डा हिलेमा आज बिहान एक अमलदारको मृत्यु भएको छ ।
नम्बर २ बाहिनी अड्डा हिलेमा कार्यरत अमलदार प्रभा राईको हृदयघात भई मृत्यु भएको
बाहिनीपती विजेन्द्र गौतमले बताए ।
बेलुकी सकुशल छावनीमा सुतेका राई हृदयघात भई बिहान मृत अवस्थामा फेला परेको बाहिनीले
जनाएको छ ।
भोजपुर खावा–३ स्थायी घर भई हाल धनकुटा नगरपालिका वडा नं ४ मासमेत घर भएका ३२
वर्षीया राईको शव आजै उनका परिवारलाई नेपाल प्रहरीको रोहवरमा जिम्मा दिएको बाहिनीपती
विजेन्द्र गौतमले बताए ।
रासस