मोरङ, २६ असोज
कोशी राजमार्ग अन्तर्गत विराटनगर ५ स्थित मुनालपथमा भएको दुर्घटनामा एकजनाको ज्यान
गएको छ भने दुइ जना गम्भिर घाइते भएका छन् ।
सोमबारराती भएको दुर्घटनामा परि बिराटनगर ६ का ३९ बर्षिय हरि कुमार साहीको ज्यान गएको हो
भने सोही दुर्घटनामा विराटनगर १३ की २५ वर्षीया सिता श्रेष्ठ र २० वर्षीया वन्दना राई गम्भिर
घाईते भएको मोरङ प्रहरीले जनाएको छ ।
बिराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना २ ख २५१५ नंम्बरको ट्रकले विपरित दिशावाट आउँदै
गरेको वा ३० प ६४१० नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार तीनै जना गीम्भर घाईते भएका थिए । घाईते मध्ये साहीको
बिराटनगर स्थित न्युरो अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।
अन्य घाइते द्धयको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको
छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।