‘म बाहुनलाई रोजेकोमा प्रफुल्ल छु’ : भाषाशास्त्री बालकृष्ण पोखरेल

Read Time:4 Minute, 43 Second

म्मान ग्रहण गर्दे पोखरेल (बीचमा)

प्रतिष्ठित जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका सभापतिज्यू,

आजको कार्यक्रममा उपस्थित हुनु भएका आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु सबैलाई हृदयदेखि अभिवादन टक्रयाउन चाहन्छु । प्रतिष्ठानले आत्मीय सम्झेर यस वर्षको सम्मानित जीबसीम साहित्य पुरस्कार–२०६६ को हकदारको रुपमा म जस्तो बाहुनलाई प्रदान गर्ने घोषणाले मेरो हृदय प्रफुल्लीत भएको छ ।

यस सम्मानको लागी प्रतिष्ठित प्रतिष्ठानलाई अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छु ।
श्रद्वय व्यक्तित्वज्यूहरु ! मेरो देश नेपाल अनि म नेपाली, मेरो जनजाति खस अनि मेरो मातृभाषा खषकुरा नेपाली । मेरो मातृगाउँ रुपाटार (उदयपुर) देखि मगर खोलागाउँ तीन किलोमीटर टाढा थियो । कहिलेकाहिं मेरो कानमा मगर भाषाका शब्दहरु ठोकिन्थ्यो, सुन्न र सिक्न उत्सुक हुन्थें । मगर भाषा सिक्ने इच्छा धेरै वर्षपछि विद्यार्थी जिवनमा २००७ सालमा बागबजार काठमाडौंमा अध्ययन गर्न बस्दा मगर कान्छा भनेर चिनिने ओखलढुङ्गाको मगर युवाबाट पूरा भयो । उनीबाट मगर भाषा सिक्न थालें । उनी नै मेरो भाषाको गुरु हो ।
क, ख नपढेको मेरो गुरु मगर कान्छा कहिलेकाहिँ राति चोर मान्छे जस्तै म कहाँ आएर भाषा सिकाउँथ्यो, किनभने उसको मालिक रिसाहा थियो । त्यहि बेलामा मगर भाषामा लेखेको कानूङ लामका कविताहरु उनैले सच्चाइ दिएको थिए । त्यहि ‘कानुङ लाम’ कविता संग्रह र गीतहरु अध्ययन गरेपछि तपाईहरु जस्तो महान व्यक्तिहरुले आज मलाई ठुलो हौसला र सम्मान गर्नु भएकोमा मैले नढाँटीकन अन्तरआत्मादेखि धन्यवाद भनेको हुँ ।
मैले आफैले गरिब भनिरहँदा उत्तराद्र्धमा स्वीकार गर्नुपर्छ मगर भाषाको भविष्य आकाशको जून र तारा जस्तै सधै रोचक र चम्किलो हुनेछ । शब्द चामल जस्तो नास हुने वस्तु होइन, किनभने उत्पादन हुन्छ । मेरो आत्मादेखि भन्नुपर्छ पृथ्वीभन्दा माथि कत्ति शब्दहरु (कुरा) छन् वंशको रुपमा धान जस्तै फल्नेछ । किनभने यो कलिहेपनि अपुताली हुँदैन । हाम्रो मातृभूमि नेपालमा धेरै भाषा मध्ये मगर भाषा पनि एक हो । आजबाट भोलि हुँदै कालान्तरमा धेरै प्रगति हुनेछ । सबै बाँचेको, गर्विलो बोली हाम्रो मगर भाषा धेरै माथि पुगेको उन्नति हुनेछ भन्ने मेरो विश्वास छ ।
मेरा छिमेकीहरु भन्छन् – अहिले पनि मेरो उमेर भर्खरको छ । असी पुग्ने बेलामा धेरैं टाढाको वर्ष होइन । त्यही पनि बराहा देवता पाल्ही भूमिको तालबराह देउताले मलाई अझै पत्यायो भने मगर भाषा विकासमा अरु धेरै काम गरेर यो भाषाको सेवा गर्नेछु ।
मेरो आफ्नै दरिद्र, निर्धन कलमले यत्ति मात्रै लेखें तपाईहरुले केहि भनिदिनुभयो भने म जस्तो भाग्यमानी अरु कोही हुने छैन । बालकले जस्तै लेखेर तपाइहरुको महत्वपूर्ण समय लिएँ तपाइहरुजस्तो महान् व्यक्तिहरुलाई मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु ।

बालकृष्ण पोख्रेल
२०६७-६-९

(२००९ सालमा मगर भाषामा कानुड. लाम कविता सग्रह निकालेका मदन पुरस्कार  बिजेता भाषाशास्त्री प्रा बालकृष्ण पाखरेललाई  जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार २०६६ ले  सम्मान  गर्दा  उनले मगर भाषामा वाचन गरेको  मन्तब्यको नेपाली अनुवाद । मगर भाषाको मन्तब्य तल)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %