परासी २२ असोज
तराईमा हतियार संघर्ष गरिरहेको भुमिगत संगठन जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी ( भगत सिंह समुह ) नवलपरासीका जिल्ला सचिवलाई आज प्रहरीले हतियार सहित पक्राउ गरेकोछ ।
नवलपरासी जिल्लाको भुजहवा र रामपुरखडौना गाविस जोड्ने धनेवा पुलबाट अजय शास्त्री भनिने पिताम्बर यादवलाई प्रहरीले एक थान कटुवा पेस्तोल, सकेट बम, ५ राउण्ड गोली, पांच वटा मोबाईल सिम र संगठनका कागजात सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।
यादवको बयानका आधारमा रामपुरखडौना पुसौलिका एक व्यक्तिको घरमा लुकाई राखिएको एक थान कटुवा पेस्तोल, बम लगाएतका सामगी्र पनि बरामद गरिएकोछ । यादव नवलपरासी हकुई ९ नौडिहवाका निवासी हुन् ।
केहि समययता सो संगठनको नाउंबाट नवलपरासीका व्यापारीहरुसंग चन्दा असुली गर्ने क्रम बढेको थियो ।
फेरि अर्का हतियारधारी समातियो
Read Time:1 Minute, 21 Second