झापा (गौरिगञ्ज), २० असोज । झापाको दमक–६ बाट विभिन्न हतियारका साथ आफूलाई
माओवादी लडाकु बताउने एकजनासहित चार व्यक्ति पक्राउ परेका छन् ।
उनीहरुको गतिविधि शङ्कास्पद देखिएपछि स्थानीयवासीले पक्राउ गरी प्रहरीमा बुझाएका हुन् ।
पक्राउ पर्नेमा भोजपुर हेलम्छा–१ का १९ वर्षीय सुजन राई, २२ वर्षीय अनिश राई, २५ वर्षीय अनिल
राई र हेलम्छा–४ का २७ वर्षीय धनकुमार राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पक्राउ परेकामध्ये अनिशले आफूलाई माओवादी लडाकुको दोस्रो डिभिजनअन्तर्गत महोत्तरीको
खयरमारा सहायक शिविरको लडाकु भएको बताएका छन् ।
उनीहरुको साथबाट एकथान पेस्तोल र त्यसमा लाग्ने पाँच थान थ्री नट थ्री गोली, खुकुरी र छुरा
बरामद गरिएको दमक प्रहरी प्रमुख नवीन कार्कीले वताए ।
गएराति पक्राउ परेका उनीहरुलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो ।
रासस