के मधेसी पत्रकार हुनु मेरो दोष हो

Read Time:10 Minute, 36 Second

१ असोजमा उपराष्टपति कार्यालयका प्रेस सल्लाहकार तथा  मधेसबाणी साप्ताहिकका सम्पादक राजेश झाँ समातिए । उनलाई आफ्नो पत्रिकामा मधेसको एउटा सशस्त्र समूको भर्ना सम्बन्धि बिज्ञापन सूचना छापिएबापत पक्राउ गरिएको बताइएकोथियो ।

उनलाई ६ दिन थुनामा राखेर धरौतीमा छाडिएकोछ । पत्रकार समातिदा सामान्यत ठूलो हलचल हुनेगरेकोछ तर उनी समातिदा सम्बन्धित क्षेत्रबाट खासै केहि पहलकदमी भएको देखिदैन । मधेसवाणी टिमका पत्रकारहरुले राजेशसंग अन्र्तवार्ता गरेर यो घट्नामा आधारित एउटा आलेख तयार पारेकाछन् । बिचार निर्माण गर्न र आरोपिको दृष्टिबाट समाचार बुझ्न यो आलेखले सघाउ पुग्ने अपेक्षाका साथ यो सामग्रीलाई स्थान दिइएकोछ । 

     

झाँ लाई  प्रहरीले पक्राउ गरेर लैजादै

 

 
एक दशक लामो समय देखि पत्रकारिता पेशामा निरन्तर रूपमा सक्रिय रही विभिन्न क्षेत्रमा आफूलाई स्थापित गर्दै आएका पत्रकार राजेश झा ‘अहिराज” लाई २०६७ साल असोज १ गते शुक्रवार मधेशवाणी साप्ताहीक पत्रिकाको कार्यालय बाट पक्राउ गरिएको छ । मधेशवाणी साप्ताहिक पत्रिकामा सैन्य भर्ना सम्बन्धी प्रेस साम्रगी प्रकाशित गरेकै भरमा सम्पादक झा लाई पक्राउ गरिएको हो ।
मधेशवाद र राष्ट्रवादको मुद्दामा लामो समय देखि कलम चलाउदै आएका पत्रकार राजेश झा मधेश र मधेशीको पक्षमा निष्पक्ष रूपमा लागिपरेका थिए । १९९६ देखि पत्रकारिता पेशामा लागेका उनी पछिल्लोसमयमा आफै प्रकाशक रहेको साप्ताहीक पत्रिका मधेशवाणीको सम्पादक समेत थिए । बढ्दो राजनीतिक अस्थिरता, द्वन्द्व र साम्प्रदायीकता लाई निमूल पार्नु नै उनको मुख्य उद्देश्य रहेको थियो ।

 मधेशमा बढ्दै गएको हत्या हिंसा र अपराधलाई उनले नजिकबाट नियालेका थिए । मधेशवादको कडा रूपमा वकालत गर्दै आएका उनले मधेशवाणी पत्रिकामा मधेशको मात्र समाचारहरू प्रमुख रूपमा समेटने गरेका थिए । राज्यबाट विभेद परेका मधेशीहरूको हक अधिकारको रक्षार्थ उनी लागिपरेका थिए । विगत ६ वर्षदेखि आफै संपादक रहि निकालेको मधेशवाणी पत्रिकामा असोज १ गते शुक्रवार छापिएको विज्ञापनको आधारमा नै उनलाई राजद्रोहको आरोप लगाई राज्यले पक्राउ गर्ने पुर्जी जारी गरि हिरासतमा राखेको छ ।
 उनलाई शसस्त्र समूहहरूसँग साठँगाठ रहेको आरोपमा प्रहरीले हिरासतमा राखेको छ । सैन्य भर्ना सम्बंधी प्रेस साम्रगी छापेकै आधारमा ‘राजद्रोह” को मुद्दा चलाउनु कतिको न्यायोचित हो ? मधेशको समस्यासँग परिचित उनी मधेशी भएकै कारणले धेरै ठाउँमा विभेदमा परेको गुनासो गर्ने गर्थे । मधेशवाणी पत्रिका भनेर नाँउ राखेकै भएर उनले धेरै ठाउँबाट विरोधको आवाज सुन्नुको साथै सहयोग पनि पाएका थिएनन् ।
 अध्रिकाश मधेशवादी राजनीतिक दलहरूको सत्ता स्वार्थ र भष्ट्राचारलाई मधेशवाणी पत्रिका मार्फत उजागर गर्दै आएका पत्रकार झाले दशकमा धेरै नै शत्रु कमाएका पनि थिए । पत्रिकाको कारणले गर्दा नै उनी धेरैका मित्र बन्न सफल भएका थिए र धेरैका शत्रु पनि । उनको मुख्य उद्देश्य नै मधेशीहरू माथि राज्यले न्यायोचित व्यवहार गरोस भन्ने थियो । मधेशी भएकै कारणले राज्यबाट विभेदमा नपरोस, मधेशी भएकै कारणले राज्यले सशस्त्र समूहको कार्यकर्ता भन्ने ‘‘ट्याग” नलगावोस भन्ने थियो ।
 मधेशलाई परिवर्तन गर्नुपर्छ, शान्ति सुरक्षा कायम गुर्नपर्छ र सीमा सुरक्षामा विशेष जोड दिनुपर्छ भनेर उनी निरन्तर रूपमा आफनो विचारहरू पत्रिकामा उतार्नेगर्थे । पत्रकारिता पेशा र अध्ययन्लाई सँग–सगै अगाडी बढाउदै लगेका उनले मधेशीहरू शिक्षित हुनुपर्छ । योग्य र सक्षम हुनुपर्छ न कि आरक्षणको नाममा वा मधेशी भएकै नाममा जागिर पाउनु पर्ने वा राज्यले सुविधा दिनुपर्छ भन्ने कुराको उनी खुलेर विरोध गर्थे ।
पछिल्लो समय उपराष्ट्रपति परमानन्द झाको स्वकीय सचिव समेत रहेका झाको पक्राउको विषयमा उपराष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति पन्छिने खालको छ । आफूसँग र आफनो कार्यालयसँग कुनै पनि सरोकार नरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  झालाई नियुक्त गर्दा उपराष्ट्रपति कार्यालयले कुन किसिमले नियुक्ति दियो त्यो पनि सोचनिय विषय नै रहेको छ । सोर्स–फोर्सको आधारमा वा कुन किसिमले उनलाई नियुक्ति दिएको हो त्यो गर्भमै रहेको सत्य तथ्य हो अन्यथा सम्वेदनशील निकायमा रहेको आफनै कर्मचारीको बारेमा भम्रपूर्ण विज्ञप्ति जारी गर्नु आफनो गल्ति ढाकछोप गर्ने बहाना मात्र हो ।
मधेशवाणी पत्रिकामा छापिएको प्रेस साम्रगी नियतवश वा देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति प्रक्रिया र सुरक्षा संयन्त्रलाई खलल पु¥याउने उद्देश्यले गरिएको थिएन् । उनले मधेशमा शसस्त्र गतिविधि गर्दै आएका समूहसँग साठँगाठँ गरेको आरोपमा उनलाई राजद्रोहको मुद्दा लगाइएको छ । राज्य विरूद्धको अपराधको मुद्दा लगाई उनलाई पत्रकारिता पेशा बाट नै बञ्चित गर्ने षड्यन्त्रमा केहि व्यक्तिहरू लागिपरेको कुरा पुष्टयाई हुन्छ ।
मिडिया माथिको बारम्बारको प्रहारमा उनी मात्र पहिलो मधेशी हैनन् । द्वन्द्वकाल देखि अहिले सम्म पनि पत्रकार मारिने र अपहरणमा पर्ने क्रम जारी नै छ । राष्ट्रप्रति सर्मपित भएर सूचना सम्प्रेषण गर्ने उनले राष्ट्रलाई सू–सुचित गरेकै कारणले गर्दा राजद्रोहको मुद्दा वेर्होनु प¥यो । राज्यले वार्तामा आउनको लागि विभिन्न वहानामा आग्रह गर्नुहुने, पत्रकारहरू लाई सुराकीको रूपमा शसस्त्र समूहहरूलाई मार्ने माध्यम बनाउन हुने तर शसस्त्र समूहहरूले गरेको गतिविधि पत्रिकामा प्रेषित गर्न किन नहुने ?
पत्रिकामा छापिएको प्रेस साम्रगीको अध्ययन् अनुसन्धान र निरिक्षण गर्ने निकाय हुँदा–हुदै पनि राज्यले कारवाहीका लागि प्रहरी प्रशासनलाई परिचालित गर्नु अशोभनीय कुरा हो । हिरासतमा रहेका संपादक  झा लाई प्रहरी हिरासतमा शारीरिक पीडा नदिए पनि मानसिक रूपमा उनी विक्षिप्त भएका छन् । राज्यले पत्रिकामा प्रेस साम्रगी छापेकै कुरालाई आधार बनाएर आफू सँग न्योचित व्यवहार नगरेको उनको गुनासो छ ।
यदि अपराधिक गिरोहसँग साठँगाठँ छ भने त्यो कुरा राज्यले अनुसन्धान गरेर प्रमाणित गरोस तर अनुसन्धानकै नाममा हिरासतमा राखेर मानसिक तनाव दिने काम गर्नु न्यायोचित होईन । मधेशवाणीको कार्यालय बाट जफत गरिएको कम्प्युटर ४ थान, ल्यापटप १ थान र पेन डाईभलाई अनुसन्धानका लागि लगेपछि मधेशवाणीको सम्पूर्ण कामहरु रोकियो भने अर्को तर्फ आरोप सँग सम्बन्धित कहि कतै केहि पाइएन् ।  न्यायालय माथि आफनो पूर्ण विश्वास रहेको र राज्यले जे–जस्तो आरोपमा आफूलाई हिरासतमा लिए पनि न्यायालयले  न्याय गर्ने  कुरामा विश्वस्त रहेको बताउने अहिराज अन्ततः सातौ दिनमा रिहा भएका छन् । सत्य तथ्य प्रमाण जुटाउन नसकेकै कारण अन्तत उनलाई धरौटीमा रिहा गरिएको छ । राष्ट्रीय एकता, राष्ट्रवाद र मधेशीका लागि आवाज उठाउदै आएका पत्रकारलाई हतोत्साहीत गर्ने षड्यन्त्रमा राज्य लागेको कुरा प्रष्ट हुन्छ ।
झाँ स्नातक (समाजशास्त्र र संस्कृति), एल.एल.वी, बि.एड. (राजनीति शास्त्र र इतिहास), एम.ए. (राजनीति शास्त्र), एम.ए (मैथिली पहिलोे वर्ष), एम.पि.ए. (फाइनल एयर), राजनीति शास्त्रमा पि.एच.डि. गरिरहेका छन् । साथै उनी अधिवक्ता समेत हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %