सशस्त्र समूहको नाउँमा चन्दा माग्ने प्रहरी पक्राउ

Read Time:1 Minute, 18 Second

पर्सा (वीरगन्ज), १९ असोज । सशस्त्र समूहको नामबाट टेलिफोनबाट चन्दा माग्दै हिँडेका एकजना प्रहरी जवानलाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान महमद हुसेन देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र समूहको नाममा टेलिफोनबाट सर्वसाधारणलाई धम्क्याएको आरोपमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्साको बिरुवागुठी गाविस–२ का प्रहरी जवान देवानलाई नेपाल टेलिकम, एनसेल र युटिएलका १०५ नम्बरबाट सशस्त्र समूहको नाममा चन्दा मागेको आरोप लगाइएको छ ।

देवानको नाउँमा रहेको टेलिफोन नम्बरबाट विभिन्न व्यक्तिलाई भूमिगत सङ्गठनको नाममा धम्की आइरहेको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र  झाले बताउनुभयो । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %