काठमाडौँ, १९ असोज ।
संविधानसभा, शासकीय स्वरुप समितिको प्रतिवेदनमा देखिएका विवादित विषयहरु टुङ्ग्याउन दलहरु
आजबाट छलफलमा जुटेका छन् ।संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको अग्रसरतामा संविधानसभामा
प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको आज बसेको बैठकमा सो कार्यको थालनी भएको हो ।
छलफलमा प्रधानमन्त्री र राष्ट्रपतिको चयन कसरी गर्ने, राष्ट्रप्रमुख वा सरकारप्रमुख को रहने भन्ने
दृष्टिकोण प्रस्तुत गरेको थियो . नेपाली काँग्रेस र अन्य दलहरुले भने संवैधानिक राष्ट्रपति र कार्यकारी
प्रधानमन्त्री रहने व्यवस्था नै सबैभन्दा उत्तम भएकाले त्यसको पक्षमा वकालत गरेको बैठकमा सहभागी
चुरेभावर एकता पार्टीका केशव मैनालीले जानकारी दिए । बैठकमा विपक्षीविहीनको संसद, राष्ट्रपति
प्रणालीसहितको दृष्टिकोण माओवादीपक्षबाट प्रस्तुत भएको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले
जानकारी दिए । उनले समयमै राज्य पुनःसंरचना आयोग गठन भएको भए विवादित विषयको किनारा
लागिसक्ने धारणा दलका नेताहरुबाट आएको जानकारी दिए । सद्भावना पार्टीका अनिलकुमार झाले
विषयगत समितिका प्रतिवेदनमा देखिएका मतभिन्नता सुल्झाउने कार्य सुरु भएको छ भने । बैठक भोलि
बिहान ११ः१५ बजे पुनः बस्नेछ ।