तीन दल आफ्नै अडानमा , वैठक विना निष्कर्ष टुंगियो

Read Time:2 Minute, 17 Second

काठमाडौँ, १९ असोज । राजनीतिक गतिरोध अन्त्यको उपायको खोजी गर्न तीन प्रमुख राजनीतिक दलका नेताहरुको आजको बैठक उनीहरुका आ–आफ्ना अडानका कारण बिना निष्कर्ष टुङ्गिएको छ ।

 

    नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया र संविधान लेखनको कार्यलाई सुनिश्चित गरेर सत्तासाझेदारी गर्नुपर्ने र यसका लागि ‘प्याकेज’मा सहमति खोज्नुपर्ने दलको अडान राखेको बताए  ।

    उनले प्याकेजमा सहमति नभएसम्म प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने अडान दोहो¥याए ।

    बैठकमा सहभागी एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काँग्रेसलाई प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता गरी दसैँ अगाडि सरकार बनाउन र बजेट ल्याउन आफ्नो दलले आग्रह गरेको तर त्यसलाई काँग्रेसले अस्वीकार गरेको जानकारी दिए ।

    उनले संविधान लेखन, शान्ति प्रक्रिया, सत्ता साझेदारी लगायतका विषयमा छलफल गर्न बुधबार फेरि बैठक बस्ने सहमति भएको बताए  ।

    काँग्रेसका नेता अर्जुननरसिंह केसीले भने आफ्नो पार्टीको प्रथम एजेन्डा सरकार नभइ शान्ति र संविधान भएको बताए  ।

    बैठकमा एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठ, काँग्रेस संसदीय दलका नेता पौडेल, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र कृष्ण सिटौला तथा एमालेका अध्यक्ष झलनाथ खनाल र सचिव विष्णु पौडेल सहभागी थिए  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %