म्याग्दी, आश्विन १९ मुक्तिनाथ दर्शन तथा कागवेनीमा पितृलाई श्राद्ध गर्न हिंडेका तीर्थयात्री लिएर मुस्ताङ्गतर्फ हिंडेको जीप बेनी जोमसोम सडकको बाँदरजुंग भीरबाट कालीगण्डकी नदीमा खस्दा १३ जनाको मृत्यु भएको छ ।
जिप काउन्टरका इन्द्र पुनका अनुसार १३ जनाको घटनास्थलमै मृत्यु भएको हो । तर मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
दुर्घटना स्थल म्याग्दी(मुस्ताङ्ग जिल्लाको सीमा क्षेत्रमा बेनीदेखी ३७ किमी उत्तरमा पर्छ । सदरमुकाम बेनीबाट तीर्थयात्रुले रिजर्भ गरि लगेको ध १ ज ४९ नम्बरको जीप विहान १२ बजे तिर दुर्घटनामा परेको हो । जीपमा कति यात्रु रहेका थिए भन्ने खुलेको छैन् ।