खगेन्द्र थापा मगरलाई २८ असोजमा पोखरामै आई गिनिजबुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिहरुले होचो ब्यक्तिको प्रमाणपत्र प्रदान गर्देछन् । त्यस दिन उनी १८ बर्ष पुग्नेछन् ।
यसअघि उनलाई गिनिजबुकको टोलीले इटलीमा बिश्वकै होंचो किशोरको मेडल दिएको थियो । बुवा रुपबहादुर र आमा धनमायाको कोखबाट २८ असोज ०४९ सालमा जन्मिएका खगेन्द्र ५७
सेन्टिमिटर उचाइ र ६ केजी तौलका छन् ।
उनलाई नेपाल पर्यटन बर्ष २०११ ले आफ्नो सदभावना राजदुतको रुपमा घोषणा गरेकोछ ।