नेपालसंग हार्यो हगंकगं

Read Time:1 Minute, 54 Second

काठमाडौँ, १८ असोज । एसियाली क्रिकेट परिषद् (एसिसी) १९ वर्षमुनिको महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले आज विजयी सुरुवात गरेको छ ।

 

    सिङ्गापुरमा आजदेखि सुरु भएको सो च्याम्पियनसिपमा सिलोन स्पोटर्स् क्लबको मैदानमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो ।

    टस हारी ब्याटिङ गर्दै गरेको नेपालले निर्धारित २५ ओभरमा ६ विकेटको क्षतिमा १२३ रनको विजय लक्ष्य खडा गर्न सफल भएको थियो ।

    हङकङ १२४ रनको विजय लक्ष्यलाई पच्छाउने क्रममा १६.३ ओभरमा ४४ रन बनाउँदै अलआउट हुँदा नेपाल ७९ रनले विजयी भएको थियो ।

    नेपालका लागि टोली कप्तान नेरी थापा एक छक्का र तीन चौका प्रहारका साथ ३८ रन बनाउदै प्लेयर अफ द म्याच घोषित भइन् ।

    नेपालका लागि कप्तान नेरी थापा ३८ र ममता थापा ४१ रनका साथ १०४ रनको कीर्तिमानी साझेदारी गर्न सफल भए ।

    नेपालका लागि बलिङतर्फ गीता चुडालले दुई, सोनु खड्का, रुविना क्षेत्री र नेरी थापाले समान एक एक विकेट लिए । हङकङका पाँच ब्याटविमेन रन आउट भए ।

    प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपाल भोलि दोस्रो खेलमा कुबेतसँग सामना गर्नेछ ।

    प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, हङकङ, कुबेत, कतार, सिङ्गापुर र समूह ‘बी’ मा भुटान, चीन, मलेसिया, ओमन, थाइल्यान्ड र युएई रहेका छन् । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %