देशभरका ३१ वटा विमानस्थल मध्ये सातवटा विमानस्थल मात्र आर्थिक रुपमा आत्मनिर्भर देखिएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पोखरा विराटनगर नेपालगाज लुक्ला सुर्खेत र जोमसोम विमानस्थल मात्र आर्थिक रुपमा सक्षम छन् .

सचालनमा रहेका सबै विमानस्थल मध्ये यी विमानस्थलले खर्च बेहोर्न सकेका छन् । आर्थिक वर्ष २०६१-०६२ देखि अहिलेसम्मको तथ्यांक हेर्दा माथिका सातवटा विमानस्थल मात्र पूर्ण नाफामा छन् । आर्थिक वर्ष २०६६-६७ को पूर्ण विवरण आई नसके पनि सातवटा विमानस्थल फाइदामा रहेको अनुमानित तथ्याङ्क प्राधिकरणसित छ ।
चालु आर्थिक वर्षमा २ अर्ब ३४ करोड रुपैयाँ वार्षिक आय लक्ष्य लिएको अन्तर्राष्ट्रिय विमानस्थल टिआइए ले लक्ष्यभन्दा बढी आम्दानी गरिसकेको जनाएको छ । आर्थिक वर्ष ६५-६६ मा विमानस्थलले एक अर्ब ९९ करोड आम्दानी गरेको थियो । जसमा विमानस्थलले २ अर्ब ८२ करोड २३ लाख मूल्य बराबर विभिन्न काममा खर्च गरेको छ ।
टिआइएले ०६४-६५ मा दुई अर्ब ९८ करोड आम्दानी गर् यो भने २९ करोड ८ लाख बराबर खर्च गर् यो । प्राधिकरणलाइ ९० प्रतिशत भन्दा बढी आय अन्र्तराष्ट्रिय विमानस्थलले गर्ने गरेको छ ।
०६५-६६ अन्तर्गत पोखरा विमानस्थलले ३२ करोड ७५ लाख आम्दानी गरी १५ करोड २५ हजार रुपैयाँ खर्च गरेको छ । विराटनगरले ३८ करोड ४२ लाख आम्दानी गरी २५ करोड १७ लाख खर्च गरेको छ । नेपालगाज लुक्ला जोमसोम र सुर्खेत विमानस्थले पनि आम्दानी गरेका छन् ।
स्थलमार्ग पहुँच नभएको लुक्ला विमानस्थलले ११ करोड आम्दानी गरी ४० लाख रुपैयाँ मात्र खर्च गरको छ । पश्चिम नेपालको हवाई ुहबु मानिने सुर्खेत विमानस्थलले १४ करोड ९९ लाख आम्दानी गरी ५२ लाख २८ हजार रुपैयाँ मात्र खर्च गरेको छ । भरतपुर भैरहवा र सिमरा लगायतका विमानस्थल राम्रै चल्तीमा रहे पनि आर्थिक रुपमा आत्मनिर्भर नभएको तथ्यांकले देखाएको छ ।