िसंहदरबारमा आज दिनभर बसेको माओवादी लडाकु समायोजन पुर्नस्थापना तथा ब्यवस्थापन बिशेष समितिको बैठकले गरेको तीन वटा निर्णयले गतिरोधको ढोका खोलेकोछ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले माओवादी लडका ब्यवस्थापन सम्बन्धमा गरेको तीन निर्णयले यस्तो आश देखाएको हो ।
शिविरमा रहेका माओवादी लडाकुहरुको नाम , थर ,स्थायी ठेगाना जस्ता विवरण फोटो सहित अद्यावधिक गरिने र त्यो बिशेष समितिमा ल्याइने निर्णय गरिएकोछ । ७ सदसीय सचिवालय समितिमा एक माओवादी, एक प्रहरी र एक सेनाबाट थपि १० सदसीय बनाइने र त्यसले भोलि देखि नै काम थाल्नेछ ।
माओवादी लडाकुको रेखदेख पुर्नस्थापना सम्बन्धि कामगर्न प्रधानमन्त्री माधवकुमार नेपालले केहि समय अघि ल्याएको कार्ययोजनालाई अद्यावधिक गर्न एक उपसमिति बनाइएकोछ । कार्ययोजनामा ४ महिनाभित्र लडाकु ब्यवस्थापन गरिसक्ने उल्लेख छ ।
उपसमितिले यो कार्ययोजना अद्यावधिक गरि चार दिन भित्र बिशेष समितिमा पेश गर्नेछ । उपसमितिमा माओवादीबाट बर्षमान पुन ,एमालेबाट इश्वर पोख्रेल र नेकाबाट रामशरण महत समितिमा छन् ।
प्रमको कार्ययोजनामा रहेको ४ महिनाभित्रै लडाकु समयााेजन गरिसक्ने योजनामा काम गर्न बिशेष समितिको यस बैठक ले ठूलो रोल खेल्ने समितिका प्रवक्ता तथा मूख्य सचिव माधवप्रसाद घिमिरले बताए ।
बैठकमा बिशेष समितिका अध्यक्ष प्रधानमन्त्री नेपाल , नेकाबाट मिनेन्द्र रिजाल र रामशरण महत ,माओवादीका जनार्दन शर्मा र बर्षमान पुन र एमालेबाट ईश्वर पोखरेल र शान्तिमन्त्री रकम चेम्जोंग सहभागी थिए ।
आठ आठपटक सम्म चुनाव गर्दापनि प्रम चुन्न नसकिरहेको अहिलेको अवस्थामा यस निर्णयले एउटा बाटो खोलिदिएकोछ । तर बैठकमा मधेसवादी दलका कुनै प्रतिनिधि आएनन् । बिशेष समितिमा फोरमबाट सदस्य रहेका जेपी गुप्ता र फोरम लोकतान्त्रिकबाट सदस्य जितेन्द्र देव दुबै बैठकमा सहभागी थिएनन । एउटा प्रमुख मोर्चाको सहयोग बिना लडाकु समायोजन जस्तो महत्वपूर्ण कार्य सहज पूरा हुने संभावना कम छ । तैपनि यो निर्णय आफैमा एउटा उपलब्धि हो ।