प्रचण्डले आफ्नो जातिमाथि लगाएको गुण

Read Time:15 Minute, 48 Second

पुष्पकमल दाहालको नेतृत्वमा बाहुनबादी राज्यसत्ता बिरुद्ध लडिएको भनिएको जनयुद्धमा बाहुन यूवाहरुकै संलग्नता सबैभन्दा बढी देखिनुको भित्री रहस्य अर्के छ

जेबी पुन मगर

नेका माओवादीले युद्धकालमा आफ्ना लडाका ५० हजार र मिलिसिया एक लाख रहेको बताउदै आएकोथियो । हतियार पनि त्यहि अनुपातमा रहेको बताउथ्यो । उसले सात डिभिजनसम्म्ा बनाएको प्रचारबाजी गर्दे आएकोथियो । तर उसको यो ठूलो प्रोपोगाण्डा थियो । सरकार र मिडियालाई भ्रममा राखेर मनोबैज्ञानिक रुपले कमजोर बनाउन उसले यस्तो प्रचारवाजी गथ्र्याे । यस्तो प्रोपोगाण्डामा प्रायशः सबै फस्ने गरेकाथिए ।

शान्तिप्रकि्रयामा आएपछि छामापारलाई शिविरमा राख्ने भएपछि उसको यस्तो झुठ खुल्न सक्थ्यो । त्यसैले उसले रातारात गाँउघरका ठिटाहरुलाई सेनामा नोकरी पाइने प्रलोभन दिएर शिविरभित्र छिरायो । लडाकाको रुपमा परिचय दियो । अनमिनले प्रमाणित गरेपछि ति वास्तविक लडाकाको रुपमा दरिए ।

माओवादीले त्यतिबेला अर्काे चलाखी के गरयो भने िहंजो युद्धमा लडेका राम्रा जतिलाई वाइसीएल बनाएर शिविर बाहिर राख्यो र नकली छापामार बनाएर अरुलाई शिविरमा हुल्यो । यसले वास्तविक लडाका को हो भन्ने परिचय नै लुकाउने काम गर्यो । प्रचण्डले शक्तिखोरमा आफ्ना कमाण्डरहरुलाई दिएको गोप्य प्रशिक्षणमा उलने यो कुरा स्विकारेकाछन् । व्ाास्तविक छापामार ६ सात हजार भन्दा बढी नभएपनि आफुहरुले ३० हजार देख्ााएर आँखा छलेको उनले त्यहाँ बताएकाछन् । करिब ६ हजार छापामार भनिएकाहरु नाबालकको रुपमा शिविरबाट निकालिएको यथार्थले पनि माओवादी नेतृवत्ले हतार हतार मान्छे हुलेको प्रस्ट देखाउछ ।

रातारात ३० हजार मान्छे जम्मा गर्नु सानो कुरा होइन । त्यसो गर्दा को कस्ता परे हेक्का रहेन । परिणाम उनीहरु पछि अक्षम छापामारको रुपमा निकालिए । यस्तो ढाँट राजनीतिले माओवादीले छापामार संख्या त बढी जुटायो तर वास्तविक लडाकाहरुको संख्या नै बिलुप्त भयो । जालझेलको  इतिहास लेखिदै आइएकोमा नेपालमा अर्काे षड्यन्त्रमूलक इतिहास रच्ने काम गरियो । यहि षड्यन्त्रकै कारण छापामारहरुको जातीय तथ्याँक पनि यताउता भएको छ । अन्यथा प्रचण्डले भनेकै जस्तो मगर छापामारकै शिर्षस्थ रोल थियो माओवादी युद्धमा । र तिनकै संख्या बढी थियो । तर अति साम्प्रदययिक प्रचण्डले त्यस्तो साँचो इतिहास मेटाएर रचेको प्रपन्चले सत्यता नै लुकाउने काम भयो ।

यसले उनको समूदायलाई ठूलो फाइदा पुगेकोछ । एक हामी पनि लडाका जाति हौं भन्ने स्थापित गर्ने काम गरेकोछ । जनजातिलाई लडाका जाति भनिदै आएकोमा यो प्रचण्डले आफ्नो जातिमाथि लगाएको महान गुण हो । अर्काे माओवादी युद्धमा जनजाति मात्र लडेनन् पीडक भनिने जातिहरु समेत लडे । त्यसैले बाहुन हुदैमा गलत हुदैनन् भन्ने मानक बनाउने काम भएकोछ । प्रचण्डले समूदायलाई सुरक्षा दिने यो भन्दा अर्का रक्षाकवच हुनै सक्थेन । िहंजो लडेका बर्षमान पुन गणेशमान पुन  नन्दकिशोर पुनहरु आफुहरु वाइसीएल र बाहिर बस्न  पाएकोमा मख्ख छन् । तर उनीहरुले के के गुमाएकाछन् भन्ने कुरा ँभोलि इतिहास लेख्दा मात्र पत्तो पाउनेछन् । त्यतिबेलरा उनीहरुलाइ यथार्थ त थाहा हुन्छ तर केहि गर्न सक्नेछैनन् । इतिहास नै अर्के हुनेछ अर्थात झुठो इतिहास स्थापित हुनेछ ।

जुन जाति सजग र सचेत हुन्छ उसले आफ्नो समूदायको हक हित नभनिकन चुपचाप नै स्थापित गराउछ । प्रचण्डले यस प्रकरणमा त्यहि गरेकाहुन् । हरेक ठाँउमा प्रमुख स्थानमा रहेको उनको समूदाय जुन ठाँउमा कमजोर थियो त्यसमा उनले स्थापित गराइदिएकाछन् । जनजाति नेताहरु बाहिर चिच्याउने मात्र हुन्  सजग र सचेत नभएकोले उनीहरु यो स्तरसम्मको राजनीति गर्ने सक्दैनन् । त्यसैले अझै दशकौ सम्म प्रचण्ड जस्ताहरुको खुराफातसंग लड्न सक्ने क्षमता अन्य समूदाको छैन भन्ने यो पछिल्लो उदाहरण हो । तैपनी के पनि पक्का हो भने जनजाति मधेसी दलित नेतृत्वहरु चिच्याएर मात्र केहि हुदैन राजनीतिमा मगज खपाउनुपर्छ भन्ने यो पाठबाट केहि सिक्लान् भन्ने अपेक्षा अझै गर्न सकिदैन ।

यता र उता कसरी गरियो

घना मगर बस्ती रोल्पाको थवाड।बाट फैलिएको माओवादी लडाईमा हतियार बोक्ने ुलडाकु जातिु मगरकै बाहुल्य रहेको स्वंय पुष्पकमल दाहाल र माओवादी नेतृत्वले बताउदै आएकोथियो । तर क्यान्टोन्मेन्टमा राखिएका १९६०८ लडाकाको जातीय तथ्याँकले डरछेरुवा र राजनीति गरि जिविका चलाउने भनि आरोप खेप्नु परेका   बाहुन जातिको सबैभन्दा बढी सहभागिता देखिन्छ । अंकलाई आधार मान्ने हो भने गुरिल्ला युद्धमा बाहुन यूवाले सबैभन्दा बढी योगदान दिएको मान्नुपर्ने हुन्छ ।

अनमिनले राखेको तथ्याँकले कुल लडाका मध्ये ३१५८ जना अर्थात १६।११ प्रतिशत बाहुन यूवाहरुले हतियार बोकेको देखाउँछ । ३०९४ १५।७८ प्रतिशत  जनसंख्या ओगट्ने क्षेत्री लडाका दोश्रो नंबरमा पर्छन् भने २४५१ १२।५० प्रतिशत मगर लडाकाको संख्या तेश्रो नंबरमा आँउछ । त्यसपछि क्रमशः पहाडे दलित १९६४  १०।०२ प्रतिशत  तामाड। १३५३ ६।९० प्रतिशत  मधेसी १३०० ६।६३ प्रतिशत थारु १०९६ ५।५९ प्रतिशत  देखिन्छ । तर नेपालको जनसाँख्यिक आधारबाट हेर्ने हो भने मगर लडाकाको सहभागिता सबैभन्दा बढी हुन आँउछ । जनगणना २००१ अनुसार कुल जनसंख्याको ७।१४ प्रतिशत जनसंख्या ओगट्ने मगरको करिब ६ प्रतिशतले बढी सहभागिता हुन्छ भने १२।७४ प्रतिशत जनसंख्या रहेको बाहुनको ३ प्रतिशतले बढी सहभागिता छ । १५।८० प्रतिशत जनसंख्या ओगट्ने क्षेत्रीको भने जनसंख्याको समानुपातिक प्रतिनिधित्व देखिन्छ ।

सहभागिताको हिसाबले माओवादी लडाई क्षेत्रीय रुपमा पश्चिम पहाड तराई र जातजातिका आधारमा पहाडे बाहुन क्षेत्री मगर  दलित र तराइको थारुको संघर्ष जस्तो देखिन्छ । मध्य तराईका मुस्लिमहरुको सघन उपस्थिति र पूर्वी मधेसको कम सहभागिताले माओवादी संघर्ष नवलपरासी भन्दा पूर्वको समथल भूभागमा जम्न नसकेको देखाँउछ । लडाका मध्ये मगरमा बुढा पुन रोका घर्ती जस्ता पश्चिमा थरको सहभागिता बढी छ । बाहुन लडाकाका १७२ वटा थरमध्ये भण्डारी १९३ जना  अधिकारी १६९ ओली १६३ र न्यौपाने १०८ थरको बढी उपस्थिति छ । क्षेत्रीमा बोहरा ३६१ बिष्ट २०० धामी २५० कार्की २३९ रोकाया २०० बढी छन् ।  ठकुरीमा शाही ३४४ र मल्ल १५८ थरको उल्लेख्य सहभागिता देखिन्छ ।

दलितमा बिश्वकर्मा लेखाउनेको संख्यामात्र ७८० छ भने परियार ४०४  र नेपाली  लेखाउने ३०७ जना छन् । माओवादी संघर्षमा संलग्न लडाकाहरु कमबेसी सबै जातबाट आएकाछन् । कुनै कुनै जातजातीको संख्या समानुपातिक रुपमा ठ्याक्क मिलाएर राखिएको जस्तो देखिन्छ ।  हेर्नाेस चार्ट  यो तथ्याँकको सतही बिश्लेषणले  भिन्न वर्गीय क्षेत्रीय लैगिक जातीय धार्मिक भाषिक पृष्ठभूमीबाट आएका लडाकाहरु काँधमाकाँध मिलाएर लडेका देखिछन् । यसले विविधतापूर्ण सामाजिक जटिलताका बावजुद समन्वय सहिष्णुता र सहकारितालाइ ्र आत्मसात गरेको देखाँउछ । तर मूल प्रश्न देखिएको यो तथ्याँक कति सहि हो भन्ने हो जुन तल चर्चा गरिनेछ ।

कतै दाल गलेन


जुन जुन ठाँउमा पहिचानको राजनीति बलियो छ ती ठाँउमा माओवादी प्रभाव कम रहेको संविधानसभा निर्वाचनमा पनि प्रत्यक्ष देखिएकोथियो । लडाकाको हकमा पनि त्यहि देखिन्छ । गण्डकमा एमएस थापा मगर र गोरे बहादुर खपाड।्गीको नेतृत्वको राष्टिय जनमुक्ति पार्टी जस्ता जनजाति केन्द्रित दलको प्रभावको  कारण हुनसक्छ पश्चिमको तुलनामा ६० प्रतिशत भन्दा बढी बसोबास गर्ने गण्डकका मगरको अत्यन्त कम सहभागिता देखिन्छ । गाँउगाँउमा सडक पुगेको यस क्षेत्रका अन्य जातजातिहरुको सहभागिता पनि पश्चिमको तुलनामा धेरै कम मान्नुपर्छ । सबैभन्दा बढी चर्काे पहिचानको राजनीति चलेको लिम्बुवान र मधेसी समूदायबाट प्रचार गरिए अनुरुपको सहभागिता छैन ।

लिम्बु ३६९ १।८८ प्रतिशत र मधेसी १३०० ६।६३ प्रतिशत लडाका संख्याले त्यस्तै देखाँउछ । पहिचानको राजनीति कम भएको पश्चिमा थारु लडाकाको भने राम्रो सहभागिता छ । लडाकामा मधेसका २५२ वटा थरको संलग्न देखिएतापनि सबैभन्दा बढी मुस्लिम ६७७ जना लडाका छन् । जबकी माओवादीले सबैभन्दा बढी केन्द्रिय नेता जन्माएको र मधेसको ठूलो जनसंख्या ओगट्ने यादव लडाकाको संख्या १३० जना मात्र छ । उच्च जातको तुलनामा मधेसका दलितहरुको  सहभागिता बढी छ ।

झाँ समूदायबाट जम्मा १५ लडाका देखिन्छन् । शुरुमा जनमुक्ति पार्टीबाट जातीय राजनीति गरेका गोपाल किरातीको माओवादी प्रवेशपछि कमजोर भएको ुखम्बुवान राजनीतिुको कारण हुनसक्छ पूर्वमा लिम्बुको तुलनामा राई लडाका ९३४ ४।७६ प्रतिशत को संख्या बढी छ । कुल जनसंख्यामा २।७९ स्थान ओगट्ने राईको यो उपस्थितिलाई राम्रो मान्नुपर्छ ।

महिला लडाका ः क्रान्तिकारि प्रोपोगाण्डा

 हिन्दुधर्मले श्रृजना गरेको बाहुनबादी पुरुषसत्ताले महिलालाई धार्मिक जातीय बर्गीय  क्षेत्रीय र लैंगिक उत्पिडनमा पारेकोले सबैभन्दा  पीडित ति महिलाले मुक्तिका निम्ति हतियार उठाएको बताउदै आइएकोछ । त्यसैले जनयुद्धमा पचास प्रतिशत महिलाको सहभागिता रहेको प्रचण्ड लगायत महिला नेतृत्वले बक्तब्यबाजी गर्दे आइरहेकाछन् ।  तर तथ्यांक त्यस्तो छैन । कुल लडाकामध्ये महिलाको संख्या जम्मा ३८४३ १९।६० प्रतिशत मात्र देखिन्छ । यो हिसाबले पुरुष लडाकाको संख्या १५७५८ ८०।४०प्रतिशत  हुन आँउछ ।

   दावी गरिएभन्दा ठिक उल्टो एमाओवादीको नेतृत्वमा अत्यन्त असमान रहेको महिला उपस्थितिको दुरावस्था क्यान्टोन्मेन्टभित्र पनि  देखिन्छ । असमानताको खाडल कति ठूलो छ भन्ने कुरा कमाण्डर लडाकाहरुको तथ्याँकले नै स्पष्ट पार्छ । जनमुक्ति सेनाको लागि बनाइएको रोलक्रमको सबैभन्दा उच्चतह डिभिजन र बिग्रेड कमाण्डरमा एउटा महिला पुगेका छैनन् । ३६ जना बि्रगेड भाइस कमाण्डरहरुमा जम्मा तीन जना महिला देखिन्छन् ।

१५७ जना बटालियन कमाण्डरहरुमा ११ जना र १७२ जना बटालियन भाइस कमाण्डरमा ९ जना मात्र महिला छन् । ५४३ जना कंपनी कमाण्डरहरुमा ५३ जना र  ६१२ जना कंपनी भाइस कमाण्डरमा ८९ जना छन् । १५१२ जना प्लाटुन कमाण्डरहरुमा ३२६ र ३०१० जनाको सेक्सन कमाण्डरहरुमा ९२३ जना महिला छन् । १५६६ जना प्लाटुन भाइस कमाण्डरको समूहमा ४८५ र २३३० सेक्सन भाइस कमाण्डरमा ४७६ जना महिला छन् । त्यसैगरि  २०१४ गार्डफ्रन्ट लडाकुमा ३८० र ७५८२ सोल्जर मध्ये १०८४ जना महिला लडाका सूचिकृत छन् । महिला लडाकामा पनि बाहुनकै बर्चश्व देखिन्छ ।

महिला पुगेको सबैभन्दा उपल्लो पद बि्रगेड भाइस कमाण्डरमा बाहुन दलित र क्षेत्रीबाट एक एक जनाको उपस्थिति देखिन्छ । त्यसपछिको ठूलो पद बटालियन  कमाण्डरमा बाहुन पाँच र मगर र थापा दुई दुई जना छन् ।  हेर्नाेस तालिका  कुल लडाकामध्ये महत्वपूर्ण हिस्सा ओगट्ने दलित  मधेसी र मुसलमान महिलाहरुको उपस्थिति राम्रो छैन । यसले ती समूदायमा पुरुषको एकछत्र बर्चश्व देखाउछ । यस्तो तथ्याँकलाई लैंगिक चश्माले बिश्लेषण गर्नेहरुले माओवादी बिद्रोह पुरुषसत्ताको बिरुद्ध पुरुषहरुकै नेतृत्वमा लडिएको लडाई हो भन्न सक्छन्  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %