काठमाडौ, आश्विन १४ – दक्षिण कोरियामा काम गर्न जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा परीक्षा दिएकाहरु मध्ये ४ हजार १ सय ८० जना उतिर्ण भएका छन् ।
गत भदौ १२ र १३ गते लिएको भाषा परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरिएको हो ।
परीक्षामा ३६ हजार १ सय ८१ जना सहभागी थिए । कोरियाले चार हजार कामदार लिने घोषणा गरे अनुरुप भाषा परीक्षा लिइएको थियो । भाषा परीक्षामा सफल भएका कामदारको स्वास्थ्य परीक्षण, रोजगारीका लागि आवेदन फाराम भर्नु पर्ने हुन्छ ।