शाहीकालीन मन्त्री मैनाली माओवादीमा प्रवेश

Read Time:1 Minute, 15 Second

काठमाडौ, आश्विन १३

शाहीकालीन मन्त्री राधाकृष्ण मैनालीले   बुधबार उनले औपचारिक रुपमा माओवादीमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडांडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल  दाहालले उनलाई स्वागत गरेका थिए ।  राजाको प्रत्यक्ष शासनलाई सर्मथन गर्नु ठूलो भुल भएको भन्दै उनले  आत्मआलोचना गरेका छन् ।
शाहीकालमा शिक्षामन्त्री भएका मैनाली त्यस अघि एमाले स्थायी कमिटि सदस्य समेत थिए ।  झापा आन्दोलनका चर्चित नेता मैनाली यस अघि नै माओवादी अध्यक्ष पुष्पकमल  दाहाल  समक्ष  आफू बामपन्थी राजनीतिमा सक्रिय रहने इच्छा व्यक्त गरेका थिए ।

मैनालीले बामपन्थी राजनीतिमा सक्रिय  हुने व्यक्त इच्छा व्यक्त गरेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई माओवादीमा प्रवेश गर्न आग्रह गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %