काठमाडाँ, १२ असोज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको स्वास्थ्यमा सुधार आए पनि अझै एक साता आराम गर्न उनको उपचारमा संलग्न चिकित्सकले सल्लाह दिएका छन ।
सभापति कोइरालाले आज बिहान सञ्चारकर्मीसँस संक्षिप्त कुरा गर्दै आफूलाई अहिले आराम महसुस भएको वताए ।
एक सातादेखि त्रिविवि शिक्षण अस्पतालमा निमोनिया भएर उपचार गराइरहनुभएका कोइरालाको स्वास्थ्यमा निकै सुधार देखिएकाले आज साँझ स्वास्थ्य परीक्षण गरी सम्भवतः भोलि घर पठाउने उपचारका संलग्न डा करवीरनाथ योगीले बताए । डा योगीले उनको उपचार गराएको सात दिन पुगेकाले अब केही दिन घरमै बसेर आराम गर्न सल्लाह दिएको बताए ।
सभापति कोइरालाको खोकी निको नभएकाले उनलाई अझै केही दिन आराम गर्न सल्लाह दिइएको डा योगीले बताए । रासस