परासी असोज १२
लुटपाटमा संलग्न भएको अभियोग लागेपछि निष्कासन गरिएका नवलपरासी स्थित माओवादी चौथो डिभिजनका एक लडाकुलाई दुई जिल्ला बाट तिन वटा मुद्धामा कारबाहि प्रकृया अगाडि बढाईएकोछ । डिभिजनकी अर्कि महिला लडाकुलाई समेत कारबाहि प्रकृया अगाडि बढाईको प्रहरीले जनाएकोछ ।
८ भदौ मा गुल्मीको ग्वाघा गाविस वडानं ५ का तिन घरमा भएको लुटपाटमा संलग्न भएको स्विकार गरेपछि माओवादी चौथो डिभिजनले सेक्शन कमाण्डर रमेश भनिने राजु बस्याललाई निस्कासन गरेको थियो । तिनै अभियुक्त बिरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी र गुल्मीमा तिन वटा मुद्धामा कारबाहि प्रकृया अगाडि बढाईएकोहो । गुल्मी खडककोट गाविस ५ का राजु बस्याल बिरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीले हातहतियार तथा खरखजना सम्बन्धि मुद्धा प्रकृया अगाडि बढाईएको प्रहरी निरिक्षक दुर्गा श्रेष्ठले बताए ।
राजुले सहकर्मी अर्पणा भनिने सेक्सन कमाण्डर विन्दु पुन मगरलाई उनको नयांबेलहानी गाविस ४ मझुवामा रहेको डेरामा हतियार लुकाउन दिएका थिए । लुकाउन दिएको हतियार राजुकै वयानका आधारमा बराबद गरिएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले दुवै जनालाई हातहतियार सम्बन्धि मुद्धा दर्ता गरी कारबाहि प्रकृया अगाडि बढाईएको श्रेठले बताए । माओवादी चौथो डिभिजनले भने विन्दुको बारेमा अनुसन्धान भैरहेको जनाउदै आएकोछ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले हातहतियार र डांका गरि दुई वटा मुद्धामा कारबाहि प्रकृया अगाडि बढाएको गुल्मीका प्रहरी निरिक्षक ओमप्रकाश चौधरी बताउछन् । राजुलाई हाल नवलपरासी ल्याईएकोछ । लुटपाटमा अन्य ब्यक्तिहरुको पनि संलग्नता देखिएकोछ । पोखरामा मजदुरी काम गर्ने रोल्पा जेलावाङ्ग गाविस १ का राजन बुढामगर र रोल्पा जेलावाङ्ग १ का वाईसिएलका कार्यकर्ता मनेन्द्र रोका लाई पर्वत वाट पक्राउ गरि गुल्मी बाट हातहतियार सम्बन्धि मुद्धा चलाईएकोछ ।
देव पचभैया पाल्पा