कांग्रेसको आरक्षण : बलिया बांगाकै हाईहाई

Read Time:8 Minute, 10 Second

कांग्रेसले पहिलोपटक व्यवस्था गरेको आरक्षण कोटाको २२ मध्ये १९ वटामा महत्वपूर्ण पदमा पुगेका पुरानै र स्थापित नेता आएका छन् । –एस् लिम्बू

 

    ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने झै नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा आरक्षण कोटामा पुरानै अनुहारलाई नेतृत्वमा पुर् याएको छ । महत्वपूर्ण पद र जिम्मेवारीमा बसेका नेताहरुले नै आरक्षणमा उम्मेद्वारी दिएको र उनीहरुले चुनावमा खर्चिएको रकम र प्रचार सामु नयाँका लागि अवसरको ढोका खुल्नै सकेन । 
६ दशक लामो ईतिहास बोकेको कांग्रेसमा पहिलोपटक आदिवासी\जनजाति, महिला, मधेशी, दलित र मुस्लिमका लागि आरक्षणको व्यवस्था  गरिएको थियॊ । २०६६ सालको कात्तिकमा काठमाण्डुमा भएको महासमिति बैठकले ६ महिला, ५ आदिवासी जनजाति, ५ मधेशी, ५ दलित र १ मुश्लिमलाई केन्द्रीय समितिमा ल्याउन आरक्षणको व्यवस्था गरेको थियो । तर सम्बन्धित समूदायका कमजोर नेतृत्वलाई  ल्याउन गरिएको त्यहि व्यवस्थालाई टेकेर नयाँ होइन पुरानै शक्तिशालीहरु कांग्रेस नेतृत्वमा पुगे । 
 
कांग्रेसले पहिलोपटक व्यवस्था गरेको आरक्षण कोटाको २२ मध्ये १९ वटामा महत्वपूर्ण पदमा पुगेका पुरानै र स्थापित नेता आएका छन् । मुस्लिमका लागि छुट्याइएको एक सिटमा मोहम्मद अफताफ आलम चुनिएका छन् । प्रतिस्पर्धिका रुपमा मुस्लिमकोटा नै रोजेका प्रभावशाली नेता फरमुल्ला मन्सुरले उम्मेद्वारी फिर्ता लिएपछि निवर्तमान केन्द्रीय सदस्य आलमलाई चुनाव जित्न सजिलो भयो । मुस्लिम कोटामा चुनाव भिडेका १० मध्ये आलमको उचाई छुन सक्ने कोहि पनि थिएन ।

महिला कोटामा चुनिएका ५ जना संविधानसभाका सदस्य छन् । नयाँ अनुहारकालाई पाखा लगाउँदै पुष्पा भुसाल मीना पाण्डे कमला पन्त अम्बिका बस्नेत महालक्ष्मी डीना उपाध्याय र ईश्वरी न्यौपाने केन्द्रीय नेतृत्वमा आएका छन् । पाण्डे उपाध्याय र बस्नेत निवर्तमान केन्द्रीय सदस्य हुन् भने पन्त पूर्व मन्त्री हुन् । महिला कोटाबाट वाहुन वाहेकका समुदायबाट एक जना पनि निर्वाचित हुन सकेनन् । 
 
दुई महिला सहित ५ कोटा पाएको दलित आरक्षणबाट पनि पुरानै अनुहार दोहोरिएका छन् । मानबहादुर विश्वकर्मा, जीवन परियार र मीन विश्वकर्मा १२ औं महाधिवेशनबाट चुनिएका छन् । मानबहादुर ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् भने परियार कांग्रेसको भातृसंगठन दलित संघका महासचिव र मीन विश्वकर्मा संघकै पूर्व महासचिव हुन् । दलित महिलामा चुनाव जित्ने सुजाता परियार महिला संघकी पूर्व उपाध्यक्ष हुनुका साथै दलित आयोगकी सदस्य र कविताकुमारी सरदार सभासद हुन् । दलितकोटामा ५ महिलासहित ३० जनाले प्रतिस्पर्धा गरेका थिए ।

आदिवासी\जनजाति कोटाबाट चुनाव जित्ने नेता पनि नयाँ अनुहारका कोहि होइनन् । २ महिला सहित ५ कोटाका लागि लडेका आदिवासी जनजातिमा भिष्मराज आङदेम्बे, सुर्यमान गुरुङ्ग, धनराज गुरुङ्ग, सीता गुरुङ्ग र रत्ना शेरचन चुनिएका छन् । आङदेम्बे निवर्तमान केन्द्रीय सदस्य हुन् । यसअघि २०५१, ०५६ मा सभासद रहिसकेका सुर्यमान ताप्लेजुङ क्षेत्र- १ बाट निर्वाचित  सभासद हुन । यता धनराज, सीता र रत्ना  समानुपातिकतर्पुबाट चयन भएका सभासद हुन् ।
 
केन्द्रीय राजनीतिमा सकि्रय नेताहरु नै मधेशीकोटाबाट पनि केन्द्रीय सदस्य भएका छन् । निवर्तमान केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, प्रभावशाली सभासद अजयकुमार चौरसिया, तरुण दलका अध्यक्ष महेन्द्र यादवले चुनाव जितेका छन् । तर दुई मधेशी महिला पार्वती डीसी चौधरी र मिनाक्षी झा भने कांग्रेसका लागि नयाँ नेता हुन् ।
 
पार्टी राजनीतिमा तल्लो तहामा बसेर काम गरेका वर्गलाई आकर्षित गर्न कांग्रेसले व्यवस्था गरेको आरक्षण कोटाबाट जित्न सजिलो भएकोले प्रभावशाली नेताहरु नै यता आएपछि नयाँका लागि नेतृत्वको मौका नमिलेको विश्लेषकहरुको भनाई छ ।

आरक्षणले सत्ताधारीलाई   सजिलो 

सबैगरी २२ सिटको आरक्षणमा त्यहि समुदायका बलिया नेता नै तानिएपछि खुल्लातर्फको २५ सिटका लागि बाहुन नेताहरुलाई सजिलो भएको छ । आरक्षण सिटमा दावी गर्न पाउने थोरै नेताको उम्मेद्वारीले खुल्लाबाट प्रभावशाली बाहुन नेता नै फेरि पनि नेतृत्व तहमा पुग्ने निश्चित छ । महिला नेतृहरु सुजाता कोइराला र सुप्रभा घिमिरे, महामन्त्री केबि गुरुङ्ग, केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा, रामकृष्ण ताम्राकार र जीपछिरिङ्ग लामाले खुल्लाबाट प्रतिस्पर्धा गरेका छन् ।

खुल्लातर्फ ९७ जनाले चुनाव लडेपनि त्यस्मा पुरानै कांग्रेस नेताहरु छानिने अवस्था छ । पूर्णबहादुर खड्का, प्रदीप गिरी, नारायण खड्का, शशांक कोइराला, अर्जुन नरिसंह केसी, बलबहादुर केसी, प्रकाशसरण महत, एनपी साउद, रामशरण महत, चक्रप्रसाद बास्तोला, मिनेन्द्र रिजाल, कृष्णप्रसाद सिटौला, महेश आचार्य, शेखर कोइराला, खुमबहादुर खड्का, गोविन्दराज जोशी, रामचन्द्र पौडेल, चिरििजवी वाग्ले लगायतलाई नै फेरि पनि नेतृत्वको कमाण्ड मिल्ने लगभग निश्चित छ । उनीहरुको तुलनामा कम्जोर नेताहरुले मात्रै उनीहरुले साहस देखाए । नयाँ अनुहारका रुपमा युवा नेता गगन थापाको उचाई ‘अग्लो’ छ । तर केन्द्रीय नेतालाई नै ‘चेक’ दिनसक्ने अरु युवा नेता खासै सक्षम देखिन्न ।
त्यसैले बलिया नेताहरु आरक्षणमा गएर चुनाव पनि जितिसकेको अवस्थामा खुल्लाका बाहुन नेतालाई चिठ्ठा पर्ने निश्चित छ । यद्यपि २५ सिटको खुल्ला र १४ अचलको मत गन्न बाँकी नै छ । यद्यपी २५ सिटको खुल्ला र १४ अाचलको मत गन्न बाकी नै छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %