A+ A A-

इतिहासको पाना बाट ओझेल पारीएका ''घले मगरहरु "को व्यथा

मगर भित्र पहिचान खोज्दै

 माया घले मगर,उदयपुर

 

राणाकालमा कति नेपाली जनताहरुमाथि बिभेद गरियो ती पक्षपाती जहानियाँ शासनकालमा राणाहरुको ज्यादतीको वयान गर्ने हो भने कही नसक्नु छ त्यस्मध्य मगरहरु माथिको दमन अझ दर्दानक छ , आदिबासी जनजाति मगरहरूलाई पाखा लगाउनु सम्म लगाए ईतिहास मेटाईदिए ,संस्कृति मेटाइदिए ,भाषा मेटाईदिए,धर्म विहिन अवस्थामा पुर्याइदिए  ।

विविध जात जाती,भाषाभाषी अनी संस्कृतिको धनी देश नेपाल भनेर चिनिन्छ,यसमा कुनै बिमती छैन । विविध जात जाती समुदाय रहेको नेपालमा  आदिबासी जनजाती मध्ये संस्कृतिको धनी भनेर कहलिएका छन् पुर्बको मेचीदेखि पश्चिम महाकालीसम्म सार्बभौम भै फैलिएको हामी '' मगरहरू''। आदिबासीजनजाती मध्य जनसंख्यामा पहिलो स्थान ओगट्ने हामी ''मगर'' नै हौ । पछील्लो जनगणना अनुसार ''मगरहरुको''संख्या १८ लाख पुगिसकेको भन्ने तथ्यांकले देखाएको छ । जस अनुसार उदयपुर जिल्लामा मगरहरूको जनसंख्या ४२ हजार भन्दामाथि पुगिसकेको छ जस मध्ये ''घले''मगरहरुको जनसंख्या लगभग ५०० जति रहेको अनुमान गरिन्छ ।

इतिहासमा पढ्दा गोर्खाको लिगलिगकोटमा तिघ्रामा घ्यू दलेर दौडेर''घले'' राजा चुनिने परम्परा रहेको भन्ने पाईन्छ । उक्त ईतिहास अहिले विवाद्स्पत रहेको पनि पाईन्छ किन कि नेपालको ईतिहास धेरै जसो कि त तथ्य सत्यमा आधारित नभएर घट्नालाई तोडमोड गरी लेखिएको पाईन्छ या त ईतिहास भनेर काल्पनिक कथाहरु पस्केको पाईन्छ फल्स्वोरुप उक्त घले राजाको ईतिहास पनि विवादको घेरा बाट उम्कन सकेको छैन ।

उक्त घले राजाको ईतिहास बारे पनि अहिले फरक मतहरु आई रहेका छन।कोही इतिहास विदहरु लिङ लिङ (हाल  लिग लिग कोट )कोट्का घले राजा मगर थिए भन्छन ,कसैले  गुरुङ , कसैले मगर र गुरुङ होइनन घले छुट्टै आदी इत्यादी, यो बारे ईतिहासका बिज्ञहरुले नै प्रस्त पार्लान भविस्यमा आखिर ति घले राजा को थिए त मगर ? गुरुङ या अरु कोही ?वर्तमान अवस्थामा  घले थर मगर भित्र पनि पाईन्छ र गुरुङ भित्र पनि पाईन्छ  बिशेष गरी गुरुङहरुले भन्ने गरेका छन ''घले'' गुरुङ हुन ,''घले'' मगर होइन भन्ने जिद्दी गरेका छन्  त्यस्तै अधिकान्स पश्चिमका मगरहरु पनि भन्छन घले त गुरुङ पो हुन्छन त मगर पनि हुन्छ र ? बिशेष गरी घले थर पश्चिम नेपालमा गुरुङ भनेर चिनिएको कारण पनि यस्तो कुरा उठ्नु स्वोभाविक हो तर वास्तविकता के हो भने घले थर मगर भित्र पनि पाईन्छ यस् बारे मैले उदयपुरका घले मगर हरु रहेको तथ्य पेश गरी सके ।म केही आफ्नो वास्तविकतालाई यहाँ शेयर गर्न चाहन्छु ।

सामाजिक संजालहरुमा धेरैले प्राय जसो पश्चिमतिरका ''मगरहरुले''अचम्म मान्दै मलाई प्रश्न  गर्ने गर्दछन  घले पनि मगर हो र ?घले थर पनि मगर भएको त मैले पहिलो पल्ट् सुने ?आदी इत्यादी यी यावत प्रश्नहरु हामी घलेहरु पनि मगर हुँदा हुँदै पनि मगर हुन नसकेका तिता अनुभव दिनहु जसो हामीले सामना गर्नु पर्दछ । कहिलेसम्म यो ''घले''मगरको बारेमा प्रश्न उठीरहन्छन् ?''घले मगर'' को दुई मतको बारेमा यसको कुनै निष्कर्षमा नपुगेर हामी बाचीरहेका ''घले मगरहरू'' इतिहासमा नै'' घले मगर'' लेख्न जहानियाँ राणा शासनकालमा यो बन्चित गरिएकै हुन भन्ने लाग्दछ  तर हामी आफुलाई गौरब पनि लाग्छ ''घले मगर'' हौ भन्न साँच्चीकै भन्ने हो भने ५०० जतिको संख्यामा रहेको ''घले मगर''को उदयपुर जिल्लामा कुरा गर्ने हो भने सबैले ''मगर''कै संस्कार ,रीतिरिवाज,भाषा,संस्कृतिमा प्रुखौ पुर्खा देखी रमाउदै मान्दै आई रहेका छौ । ईतिहास भन्छ हार्नेहरुलाई कि झुन्दाइन्छ ,मारिन्छ कि आत्म समर्पन गर्न लगाई बन्दी बनाइन्छ कि त आफ्नो थातथलो बाट लखेतिन्छ वा ज्यान जोगाउन अन्यत्र शरण लिन वाध्य पारीन्छ हामी घले मगर हरुपनी राज्यसत्ताबाट शाह बन्शको उदय सँगै विस्थापित भएर अन्यत्र पुगेको हुने अड्कल लगाउन सकिन्छ पुर्खौली थात थालो छोडेर ।  

केही बर्ष अघिको कुरा हो ''घले मगर ''को ईतिहासलाई समेट्ने क्रममा अमेरिकाको हार्वर्ड युनिवर्सिटिका  प्रोफेसर बिके राना ज्यु,बरिस्ठ पत्रकार मनोज घर्ति मगर ज्यु ,पुर्बी जिल्ला धनकुटाको जेबी घले मगर जस्ता बरिस्ठ महानुभावहरुले ''घले मगर'' को बारेमा डकुमेन्ट्री बनाउने कुराको प्रस्ताब पनि चलाउनु पनि भएको थियो । तर, त्यो सबै कुरै -कुरा मा सीमित रह्यो । शायद उहाँहरुको समय नमिलेर होला अगाडि नबड्नु भएको तर म के भन्न भन्न चाहन्छु भने इतिहासमा समेट्न बिर्सिएका हामी घलेहरु पनि ''घले मगर '' मगर नै हौ ।जसरी मगर बाहेक अन्य समुदाय सँग मेल खाने थर भएका थापाहरु थापामगर भित्र अटाएका छन ,लामिछानेहरु मगर भनेर चिनिन्छन,बुढाथोकी मगर भनेर चिनिन्छन ,रोका हरु रोका मगर मगर भनेर चिनिन्छन ,राना हरु राना मगर भित्र गनिन्छन ,बिस्ट मगर हरु अटाएका छन भने हामी घलेहरु पनि घले मगर भनेर चिनिनु पर्दछ । मगरै भनेर हाम्रो पहिचान स्थापित होस् ।

लेखिका राज्यसत्ता ड्ट कमकी इजारयल प्रतिनिधि हुन । 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर