A+ A A-

मगरमहिला: चुनौती र बिकास

बिजय हितान मगर/बेलायत

Image may contain: Bryan Hitan

मेरोअनुभव

एक मगरमहिलालाई म एकदमै नजिकबाट बुझेकोछु ।  म सँग उनको यती मोटो पुस्तक नै छ भनेपनीहुन्छ । यसलाई म दिनरात अध्यन गर्नेगर्छु - कहिलेभान्सामा, कहिलेबिस्तारामा, कहिलेबैठककोठामा, कहिलेबारीमा त कहिलेबाटामा । योपुस्तकको नाम 'कल्पनाको कथा' हो भन्न रुचाउँछु । यसरी एक मगर महिलालाई  मैले जती अरु कसले बुझेको छ होला र भन्ने पनि लाग्छ ।

दिदीबैनी भगवानले दिएनन, ता पनि मगरमहिलाकोरुपमा मेरी आफ्नैआमालाईबुझेकोछु । म स्यानोछँदा, बुवा महिलादिवस मनाएरघर आउँदा, आमालाई थाहैहुनेथिएन महिलादिवसकैले, किन, र कहाँ मनाइन्छ भनेर । त्यसर्थ मगरमहिलालाई मैले मेरीआमा जस्तै पनि बुझेकोछु ।

भबिश्यका मगरमहिलाहरु मेरीआमा जस्तो नहुन भन्ने ध्ययले साइँलाबुवाको छोरीलाई गाउँबाटशहर झारेर आफ्नै खर्चमा पढाइदिएकोछु । त्योखर्चमा मेराबैदेसिकरोजगारका पसिनाका थोपा मिसिएकाछन । आजउनी मास्टरडिग्री गरेर एक गैरसरकारीसंस्थामा कामगर्छिन । यसरी आफ्नोप्रगती गरेर उनले मलाई खुशी तुल्याएकी छिन् ।

फुपैकी छोरी र सालीलाई, उनिहरुले बिदेशीभुमिमा केहीअनुभव सङ्गालुन र केही कमाउनपनि भनेर, घरेलुकामदारकोरुपमा रोजगारी दिएकोछु । त्यो मेरो रहर र मलाई तिनिहरुको सेवाको खांचो भन्दापनि उनिहरुप्रतिको मेरो सहयोग थियो । बैदेशिकअनुभव पछी दुबैजनाले उच्चशिक्षा हाँसिलगरे र स्कुलमा प्रध्यापन गर्ने काम गरेको देख्दा म गौरवान्तीतहुन्छु । एउटी अर्की साली र अर्कीफुपुकीछोरीलाई उनिहरुको शिक्षाकोलागि आर्थिक सहयोग गर्दै अाइरहेकोछु । उनिहरुकोपनि उज्यालो भबिश्य देखिसकेकोछु ।

तर मलाई थाहाछ, अभाग्यबस, लाखौं मगरमहिलाहरु यस्ता अवसरबाट बन्चितहुनुपरेकोछ । यो कुरोपनिमैले बुझेकोछु ।
मगरमहिलालाई, ब्यक्तिगतरुपमा यसरी बुझेकोछुभने, समाजमा हिँडदाहिंडदै समाजीक दृष्टिकोणबाट पनि बुझ्ने मौकापाएकोछु । चेतना एंवम बिकासको हिसाबले मगरमहिला, ब्रामण-छेत्रीमहिलासँग त तुलना नगरौं, राइ-लिम्बुमहिला भन्दापनि पछीपरेको मेरोबुझाई हो ।

बिकास र अैलेको अवस्था :

Image may contain: one or more people and people standing

आज भन्दा ३५ बर्षअगाडि, सन १९८२ मा मगर संघ नेपालको स्थापना भएको थियो । आज मगरमहिला संघको बिशौं स्थापनादिवस मनाइरहंदा नेपालमगरसंघ जन्मेको १५ बर्ष पछी यससंस्थाको जन्म भएको देखिन्छ । मगरमहिला संघ जन्मेको बर्ष मगर संघ हङ्कङको पनि स्थापना भएकोरहेछ, जसलेयसैबर्ष (२०१७) आफ्नो २० औ स्थापना दिवस मनाउनुको साथै नयाँकार्यसमितिको चयनगरेको छ ।

याँहा मगर संघ हङकङको बिषय किन उठान गर्न खोजिएकोहो भने यसलाई एकमहिला- चन्द्रज्योति आलेमगरले  दुई कार्यकाल सफल नेत्त्रुत्व दिएर जानुभएकोछ । हामीले मगरसंघ हङकङ १९९७ मा स्थापनागर्दा कार्यसमितिमा कोहिपनी महिला हुनुहुन्दैनथ्यो । मलाई यस संस्थाको संस्थापक सचिव भएर कामगर्ने सौभाग्य मिलेको थियो । दोस्रो कार्यसमिती चयन हुँदासम्म केहीमहिला सदस्यहरु भित्रिनुभयो । जसमा चन्द्रज्योति जि सान्स्कृतिक सचिवभएर कामगरेको मलाई सम्झना छ । दुई सफल कार्यकाल पस्चात वाँहाले युगमाया रानामगरलाई नेत्रुत्व हस्तान्तरण गरेर बाहिरिनु भयो । महासचिव निलम रानामगर जस्ती एक सक्षम महिला पनि आउनुभएकोछ । यसर्थ मगरमहिलाको ब्यक्तित्व तथा नेत्रुत्व बिकास कसरी गर्ने भनेर चन्द्रज्योतिजि सँग लामो अनुभवछ । यसकार्यमा हङकङबासीपुरुष मगरहरुको ठुलोहातछ- आफु पछाडी बसेर सहयोग गर्ने । यसअर्थमा मगर संघहङकङ एक उदाहरणिय संस्था हो भनेर म मगरमहिलाहरुलाई भन्नचाहन्छु ।

मगर महिलासंघले बिसौं बसन्तहरु पारगरेपनि समग्रमा उल्लेखनिय उपलब्धी भने हाँसिल गरेकोदेखिदैन। मगरसमाजमा बुद्धधर्मकोप्रभाव र लाहुरेपरम्पराले गर्दामहिलालाई, हिन्दूसमाजमा भन्दा, धेरैहक र अधिकारप्राप्त भएकोदेखिन्छ । महिलालाई सम्मान र पुरुष समान व्यबहार पनि त्यत्तिकै गरेको पाईन्छ । तर,त्यसै  अनुपातमा मगरमहिलाहरुको समग्र बिकासभने भएकोछैन। मगरसमुदायको नेत्रुत्व सम्हाल्न सक्ने महिलाको क्षमता ब्रिदी अझैभएको देखिदैन । उपाध्यक्ष पद सम्म महिलाहरु आउँछन अनी ओझेल पर्छन। यद्धपी राष्ट्रियस्तरमा केही महिलाहरुको नाम भने सुन्ने गरिन्छ ।

मगरहरुमा नाम चलेको महिला हुनुहुन्छ बमकुमारीबुढा । वाँहा मेरो बुवा जयबहादुर हितानको समकक्षी हुनुहुन्छ । जयबहादुर नेपाल मगरसंघको सचिवभएर कामगर्दा वाँहा केन्द्रिय कार्यसमितिमा बसेर मगरसमुदायको सेवागर्नुभयो।  त्यस पछी वाँहा उपाध्यक्ष पदमा लामो सेवागरेर  अध्यक्षको लागि लडनुभयो । एक महिला भएरै होला नेपालमगरसंघको सर्बोच्चपदमा बसेरकामगर्ने सौभाग्य भने वाँहालाइ मिलेन। त्यस पछी पुरुषहरुलाई च्यालेन्जदिने महिला आउनसकेका छैनन ।
मगरमहिला संघकी पूर्वअध्यक्ष गंगाखासु सँग मेरो त्यती उठबस भएन, तापनि वाँहा अध्यक्ष  हुँदा वाँहाले गरेका

केही राम्रा कृयाकलापकाबारेमा सुनेकोछु । मगर विद्यार्थी संघका पूर्वअध्यक्ष्य रेनुका काउचा र दिपा आलेलाई अली नजिकबाटचिनेकोछु, सायद मगर विद्यार्थी सङ्गठनमा मेरो रुचीरहेरहोला ।मगरविद्यार्थी प्रती अरुकोभन्दा मेरो बिशेष चाँसो रहनुको कारण बुवा जयबहादुरहितानकै पहलमा बिद्यार्थी संगठनको जन्म भएकोथियो । तत्पश्चात यसको सङ्गठनात्मक बिस्तारमा जयबहादुरले खेलेको महत्वपूर्ण भूमिकासबैलाई बिधितैछ । रेनुका अैले गलकोट नगरपालिकाको उपमेयरहुनुहुन्छ ।
मगरसमुदायले बिकासगरेको क्षेत्रभनेको पत्रकारिताहो । मगर पुरुषतथामहिला दुबै उल्लेखनिय सङ्ख्यामा पत्रकारितामा आउनुभएकोछ । दिपाआले र देबिका घर्तिमगर मैलेचिनेका सफल पत्रकारहुन ।

 ए.आई.जी.पि पार्वती थापामगर अर्कोनामचलेको महिलाहुनुहुन्छ। तर,अभाग्यबश महिलार त्यसैमा जनजातिकी भएकिले वाँहा आई.जिपी हुन नसकेकी एकपीडित महिला हुनुहुन्छ।राजनैतिक षड्यन्त्रले गर्दा वाँहा नेपालकै प्रथम महिला आई.जिपि हुन नसक्नुभएको तितो अनुभव हामीसबैलाई छ । मावोबादी द्वन्द्व बाट राजनीतिमा घुसेकी सभामुख ओनसरी घर्तीमगर एकसफल राजनीतिकर्मी मगरमहिला हुनुहुन्छ । समाजसेवागरेर राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा चर्चाबटुलेकी इन्दिरारानामगर, जसले जेलमापरेका अभिभावकका छोराछोरीलाई हेरबिचारपुर्याउनेसंस्था सन्चालन गर्नुहुन्छ, अर्कोप्रचलितनामहो। वाँहाले अन्तरराष्ट्रिय स्तरका पुरस्कारहरु पाउनुभएको छ । हालै बिबिसिको 'बर्षमहिला' मध्य सय नम्बर भित्रपर्नसफल हुनुभएकोछ ।

संगितजगतमा, बिशेषगरेर लोकगीत गायनमा, धेरैमगरमहिलाकोनाम राष्ट्रियस्तरमा घन्किन्छ । यो मगरमहिलाहरुको एकदरिलो पक्षहो ।नाच्नुगाउँनु मगरमहिलाको जन्मजात गुँणहो जस्तो मलाईलाग्छ ।तर गीत लेखनमा मगरमहिला ससक्त भएरलागेको देखिएकोछैन । गायनभनेको बोल्नुहो, गीतकार हुनुभनेको लेखनहो । लेखन क्षेत्रमा मगरमहिला धेरैपिछाडीछन । साहित्यिकफाँटमा मगरमहिला सुन्यनै छन भन्दाहुन्छ । त्यसै गरि अध्यापन र बिद्याबारिधी गरेका कहलिएका मगरमहिला मलाई सुन्नमा आएको छैन ।
 
मगरसंगठन भित्र जिल्लामा होस या राष्ट्रियस्तरमा, महिलाहरु उपाधक्ष्य सम्म भएरछोडेको धेरैउदाहरणछन । हो, बमकुमारी नेपालमगरसंघको अध्यक्ष्यभएर काम गर्ने प्रयास बिफलभयो ।त्यसैगरि मगरसंघ बेलायतमा हिमालीराना अध्यक्षपदका लागि उठ्नुभयो । तर, सफल हुनुभएन । कारण, त्यो पदमा बसेर कामगर्न अलीहतार गर्नुभयो कि भन्ने सबैकोबु झाईछ ।आफुलाईसपोर्ट गर्ने कती छन त भनेर पहिला बिचार पुर्याउनपर्थेयो । पहिलोअसफलतापछी हरेसखानुपनिहुन्नथ्यो ।निरन्तरता दिईनैर हनुपर्थ्यो । हारजित जस्कोपनि हुन्छ ।

बेलायतको सदर्भ:


Image may contain: one or more people and people standing
बेलायतमा कमला, हिमाली, अनिता, बिष्णु, नानु, गोमा, देवी, सिता, मिरापिजि, समुन्द्रपारी, छबी, सरला, जानुका, शान्ती इत्यादी चिरपरिचित नामहरुहुन । यि सबैमहिलाहरु मगरसघ बेलायतको केन्द्रियसमिती, महिलासमिती, साखा समिती मारहेर गत एकदसकदेखी सक्रियताकासा थलाग्नुभएकोछ । म आबद्द केन्ट साखामा महिला उपसमिती दुईबर्ष अगाडि मेरैप्रयासमा गठनभएता पनि महिलाजागरण सन्तोषजनक छैन ।तर,केन्ट साखाकी सितापुनजि अहिलेको केन्द्रिय उपाधक्ष्यमा हुनुहुँदा मलाई गर्बलागेको छ । अहिलेको मगरसंघयुकेको कार्यसमितिमा मगरमहिलाको सहभागिता उल्लेखनियछ । दुइजना ससक्त महिला उपाधक्ष्यमा हुनुहुन्छ ।सहयोग र सहमतिहुन सकेमा निकटभबिश्यमा मगरसंघबेलायतको नेत्रुत्व सम्हालन सक्ने केही महिला अनुहार देखेकोछु ।

प्लम्स्टिड साखामा पनि आमासमुहदरिलो देखिन्छ । युएचएस्बिर स्विडन साखाकामहिलाहरु सबैभन्दा बढीससक्त भएर लागेको देखिन्छ । यत्तिकै ससक्तता अन्य साखाहरुमा पनिदेख्न पाइयो भनेमात्रै, तब मैले मान्नेछु, मगरमहिलामा केही जागरण आएछ भनेर । आदिवासी जनजाती महासंघ बेलायत महिलाको संस्थापक अध्यक्ष कमलाराना हुनुहुन्छ । वाँहा सामाजिक साथै राजनैतिक चेतनसिल महिला हुनुहुन्छ ।सबैमा कम्तिमा वाँहा जत्तिकै चेतना आयो भने बल्लमगरमहिलाको बिकासहुनसक्छ । एनआरएनमा शान्ती कुँवरमगर अनवरतरुपमा लागेकोदिखिन्छ । २०१७को अधिवेसन पस्चात वाँहा एनआरएनको केन्द्रिय सदस्य हुन सफल हुनुभएकोछ।संचारको छेत्रमा रेडियोकर्मी भएर लामो सेवाप्रदान गर्दैगर्नुहुनेमा बिएफबिएस्गोर्खारेडियोका आशा र रुपा हुनुहुन्छ । उनिहरुका फ्यान संसारभरी पर्सस्तैछन तर,सो अनुसारको सामाजिक कार्यमा लाग्न भ्याउनुभएकोभने छैन ।

यि मगरमहिलाहरुलाई म आदिबासीजनजाती (आ.ज.) का अन्य महिलाहरुसँगतुलनागर्छु । मगरभन्दा राइ-लिम्बुमहिला अलिकती अगाडिभएको पाएकोछु

अडचनहरु:

Image may contain: 4 people, including Bryan Hitan, people smiling, people standing

पुरुषले महिलाप्रती गर्ने असमान व्यबहारको बिषयलाई कोट्ट्याउँदैगर्दा राज्यले आ.ज.प्रति गर्दैआएको असमान व्यबहारसँग तुलनागरौं । राज्यमा एकलजातीको हालिमुहाली छ । आ.ज. ले राज्यसत्ता बाहिररहेर समाबेशीताको माग गरिरहेकाछन ।राज्यका डाडुपन्यु चलाऊनेहरु भन्छन- सक्षमछौ भने प्रतिस्प्रधामा आउ । जुन कुरोसत्यपनिहो । अर्को यथार्थ केपनि हो भने, राज्यले इतिहाँस देखीनै बिबेधपूर्ण निती अपनाएको छ । तर, यसरी पिछडाइएका समुदायलाई त्यतिबेलैदेखी 'हामीलाई यसरी किन दबाइएकोछ ?' भनेर चेतनाकिन आएन र मैत्रिपूर्ण प्रतिबाद किन गरिएन ? बिक्रम सम्बद २०५० को दसकमा आएरमात्रै किन मावोबादि जनआन्दोलनले यस बिषयलाई उठान गरिदिनपर्ने ?

यसलाई अब सुक्ष्मरुपमा बैज्ञानीक बिश्लेशण गर्न जरुरी देखिन्छ । सर्बप्रथम आफ्नै कमीकमजोरी कहाँछन भनेर केलाउनु उचित देखिन्छ । त्यसकारण मैले केभन्छु भने- वंसाणुगत कारणले पनि यससमुदायका मानिस पिछाडीपरेकाहुन । जैबिक बिकासको क्रममा एक समुदाय अर्क्रो भन्दा पिछाडीहुन्छनै । त्यसर्थ यस समुदायमा चेतनाको घेरासांघुरोछ । चेतनाको पूर्ण बिकास हुन अझै सताब्दी कुर्नुपर्ने देखिन्छ ।

पुरुषले महिलाप्रती गर्ने असमान व्यबहारको बिषयलाई कोट्ट्याउँदैगर्दा राज्यले आ.ज.प्रति गर्दै आएको असमान व्यबहार सँग तुलनागरौं । राज्यमा एकलजातीको हालिमुहाली छ ।  आ.ज. ले राज्यसत्ता बाहिर रहेर समाबेशीताको मागगरिरहेकाछन। राज्यका डाडुपन्यु चलाऊनेहरु भन्छन- सक्षमछौ भने प्रतिस्प्रधामाआउ । जुनकुरो सत्यपनिहो। अर्को  यथार्थ केपनि होभने, राज्यलेइतिहाँस देखीनै बिबेधपूर्ण निती अपनाएको छ । तर , यसरी पिछडाइएका समुदायलाई त्यतिबेलै देखी 'हामीलाई यसरी किनदबाइएकोछ ?' भनेर चेतना किन आएन र मैत्रिपूर्ण प्रतिबाद किन गरिएन ? बिक्रमसम्बद २०५० को दसकमा आएर मात्रै किन मावोबादि जनआन्दोलनले यसबिषयलाई उठान गरिदिन पर्ने ?

यसलाई अब सुक्ष्मरुपमा बैज्ञानीकबिश्लेशण गर्न जरुरीदेखिन्छ । सर्बप्रथम आफ्नै कमीकमजोरी कहाँ छनभनेर केलाउनु उचित देखिन्छ । त्यसकारण मैले केभन्छु भने- वंसाणुगत कारणलेपनि यससमुदायका मानिस पिछाडीपरेका हुन । जैबिक बिकासकोक्रममा एक समुदाय अर्क्रोभन्दा पिछाडीहुन्छनै । त्यसर्थ यससमुदायमा चेतनाको घेरा सांघुरोछ । चेतनाको पूर्णबिकासहुन अझै सताब्दीकुर्नुपर्ने देखिन्छ ।

यहीकुरा पुरुष र महिलाबिचको द्वन्दमा पनि लागुहुन्छ । मानविय बिकासको क्रममा महिला पुरुसभन्दा पिछाडीनैछन । जसरी महिला पुरुषभन्दा सारिरिकरुपले कमजोर हुन्छन त्यसरीनै बुद्दी र चेतनाको हिशाबले पनी । तर,यसकमजोरिलाई तालिम, प्रशिक्षण, मेहनत इत्यादिले सुधारगरे र एउटै स्तरमा ल्याउन सकिन्छ । त्यसकारण समानअधिकारको मागको साथसाथै आफ्नो ब्यक्तित्व बिकासगर्दै महिलाहरु पुरुषको प्रतिस्प्रधामा आउन सक्नपर्यो भन्ने मेरो बिचारहो ।

तर , यसो हुननसक्नुका कारणहरु थुप्रै हुनसक्छन । धार्मिक, समाजिक, पारिवारिक कुराहरु र महिलास्वयमको शारिरिक सम्रचना इत्यादी यसका अड्चन्हरुहुन ।  'केगर्ने ! भगवानले दिएकोबरदानहो' भन्दै कुनामा बसेर हुँदैन । यो जालोलाई तोडेर बाहिर निस्कन म मेरा महिलामित्रहरुलाई सुझाव दिनचाहन्छु ।

अैलेको संबिधानले महिलालाई ४० प्रतिसत राजनैतीक स्थान सुरक्छित गरिदिएकोछ । स्थानियनिकायको चुनावमा सबैपार्टिले एकमहिला एकदलित महिला गरेर सहायकप्रमुखमा महिलाउम्मेदवार उठाउनै पर्ने नियम राखिदिएकोछ । महिलाको उम्मेदवारि शुल्कपनि आधामात्रै लिने ब्याबस्थाछ । यस्तो सुबिधाको फाईदा महिलाले लिनजान्नपर्छ । फल्सरुप रेनुका काउचा जस्तो मगरमहिला अैलेको स्थानिय चुनावबाट नगरपालिकाको उपमेयर हुन सफलहुनुभएको छ ।

परिवारमा श्रीमान तथा अन्यको पनि सहयोगको खान्चो छ । उदाहरणकोलागि कुमारले अनितालाई सबैसामाजिक कार्यक्रममा साथ दिएकोदेखिन्छ । त्यसैले होला अनिता अहिले मगरसघबेलायतको उपाधक्ष्य जस्तो गरिमामयपदमा आउन सफलहुनुभएकोछ । मेरो सन्दर्भमा कुरागर्दा भने, जयबहादुर हितानलाई मेरो मुवाको चाहेजती सहयोग हुनसकेनहोला, त्यसैले बुवाको आफ्नोक्षमता जती सफल हुनसक्नुभएन । भन्दैमा, परिवार र समाजको समर्थन जुटाउने कला आँफैमा निर्भरगर्छ । प्रयासगर्दागर्दै पनि भएन भने समाज र सामाजिक कार्यमात्रै सबैथोक होइन, आफ्नो पारिवारिक बिकासमा लाग्दाहुन्छ । एउटा समुदायको सबैपरिवार सक्षमहुन्छन भने समुदायस्वत: बलियोबन्छ ।

मैले मगरमहिलामा बढी लज्जालुपन देखेकोछु, राइ-लिम्बु र बाहुनसमुदायमा भन्दा । योपनि प्रगतिको बाधक हो । यसको कारण बलियो आत्मबिश्वास नभएरहो । उच्छशिक्षा, सामाजिक कार्य तथा अन्तरकृयामा हिँडने, बहसमा भाग लिने इत्यादी गतिबिधिले आत्मबिश्वासलाई दरिलो बनाउंछ । तर , उपरोक्त कृयाकलापमा मगरमहिलाको सहभागिता न्युनदेखिन्छ ।

अगाडि कसरी बढ्ने ?

उच्चशिक्षा समयमा लिईएको छैन भने स्वअध्ययन तिर लाग्ने । चेतनशिलहुन विश्वबिद्यालयको डिग्रीनै चाहिन्छ भन्नेछैन । कुनै बिषयमा आँफैले पुस्तकपढने, सभागोश्टिमा सम्मिलितहुने, अध्यन र चिन्तनगर्ने, किन कसरी हुनगयो भनी प्रश्नसोधेर आँफैले उत्तरखोज्ने जस्ता बानिको बिकासगर्नुपर्छ ।

भाषाका चारै आयामहरु- बोलाई, सुनाइ, लेखाइ, र पढाईमा आफुलाई पोक्थ बनाउन अतीआवश्यकछ । मानिसलाइ सुन्न र बोल्न जन्मनबित्तिकै आउँछ । स्कुलकलेजजीवनमा लेख्नपढ्न सिकेका तर , त्यसलाई निरन्तरता दिननसकेका कती अग्रजमहिलाहरु पाईन्छन । सकिन्छ भने, उच्चशिक्षा लिनतिर लाग्नुपर्छ । बेलायतमा रहेकी लक्ष्मीराइ थापा (लारा) लेजस्तै । लारानै होलिन आदिवासी चेली, जसले प्रौढ अवस्थामा पारिवारिक जिन्दगी बिताउंदाबिताउंदै पनि बिलायतमा मास्टरडिग्रीगरेर समाजसेवा गर्दैगरेकी । उनीपहिलेदेखीनै सामाजिक र साहित्यिक गतिबिधिमा लागेकी महिलाहुन । अध्ययन गर्ने प्रेरणा साथै आत्मबिश्वास उनलाई यसैछेत्रबाट मिलेकोजस्तो मैलेबुझेकोछु ।

पढाईलाई निरन्तरता दिईरहनुपर्छ । लेखाइमा पनि कलमचलाई रहनुपर्छ । मेराफेसबुकका मगरमहिला र अन्यमहिलाको स्टाटस लेखाइमा जमिनआसमानको फरकदेख्दछु । स्टाटस लेखाइ पनि एउटा कलाहो । जसले अलिकती घोत्लिने बानीहुन्छ, जसको चिन्तनगर्ने छमता हुन्छ त्यसले राम्रो स्टाटसलेख्न सक्छ । चिन्ता होइन चिन्तन गरिनुपर्छ । चिन्तन भनेको- किन, कसरी, कैले, कँहा कुनै घटना घट्यो भने र घोत्लिनुहो । समाजमा निस्के पछी पुरुषसँग व्यबहारगर्दा खुलेर निर्धक्क सँग गर्नेबानिको बिकासग र्नुपर्छ । महिला स्वरुप पस्केर लजाउने, कमजोर आत्मबिश्वास देखाउने गर्नहुँदैन । यसोभयोभने कमजोरिको फाईदा लिनेधेरै हुन्छन ।

पतीदेखी स्वतन्त्र हुनेहोभने, बेलायतको सन्दर्भमा, सबैमहिलालाई गाडीचलाऊन सिक्नुस भन्छु म । प्रायसबैमहिलाले काम गरेर आफ्नै कमाइ खाएकोदेखिन्छ । तर , कार्यक्रमहरुमा श्रीमानले हाँकेकोगाडीबाट उत्रेको देख्छु । आफ्नैपैसाले तेलभरेर, गाडी आँफैले चलाएर, सामाजिककार्यमा पुग्नसके त्यसले महिलालाई एककिसिमको स्वातन्त्रतादिन्छ जस्तो मलाई लाग्छ । एउटा परनिर्भताबाट तमुक्ती पाइयो ।

महिला संगठनले ब्यक्तित्व बिकासकालागी बक्तब्यकला ब्रिदिका अन्तरकृया आयोजना गरिनुपर्छ । महिला संगठन स्थापनाका दिवस जस्ता कार्यक्रममा पूर्वअनुसन्धान गरेर लिखित कार्यपत्र पेशगर्ने प्रयासगरिनुपर्छ । आफ्नोसमाजमा मात्रनभै अन्यसमाज र स्थानिय बेलायत बासिका गतिबिधी, अन्तर्कृया, सेमिनारमा पनि भागलिनुपर्छ । अनि मात्रै सामाजिकबिबिधताको ज्ञानबढ्दछ र ब्यक्तित्व बिकाससाथै आत्मबिश्वास बढेरआउँछ ।

(बिशौं मगर महिलासंगठन स्थापना दिवस, लन्डन, १६ सेप्टेम्बर २०१७ मा मैले राखेको मन्तब्यमा आधारित लेख )


 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर