A+ A A-

नारी आफैले आफ्नो सुरक्षा र अधिकारको पहल गरौ

माया घले मगर


Image may contain: text

ईजरायल, मार्च ४ - बिश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिख को दिन मनाउदै आइरहेको छ प्रत्येक बर्ष नेपालमा पनि बिभिन्न कार्यक्रमको योजना गरि बिभिन्न संघसंस्था द्वारा अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै आइरहेको छ |

महिलाहरु हकमा काम गर्ने संघसस्थाहरु द्वारा गरिएको गत वर्ष सर्वेक्षण अनुसार बिश्वमा ३ मध्य १ महिलाले जिबनको कुनै पनि समयमा हिंसा भोग्नु परेको तथ्यांक सार्बजनिक गरिएको थियो | दक्षिण एशियामा झन्डै ५०% महिलाहरु हिंसाबाट पिडित छन्,अझ नेपालमा कुरा गर्ने हो भने बिगत ७ महिनाको अबधिमा झन्डै १४ सय भन्दा बढी महिलाहरु हिंसाको शिकार भएको तथ्य महिला पुनर्स्थापना केन्द्र ओरेकले सार्बजनिक गरेको थियो | महिला माथि हिंसा गर्नेमा बढी छिमेकी तथा आफ्नै श्रीमान हुने गरेका छन् भने हिंसाको रुपमा बलात्कार, हत्या तथा चेलीबेटी बेचबिखन प्रमुख रहेको छ |

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बिभिन्न प्रकारको नीति तथा सम्झौताहरु महिलाको विशेष अधिकारहरुको व्यवस्था नगरिएको हैन संयुक्त रास्ट्र संघले १९९८ मा पारित मानब अधिकारको बिश्वब्यापी घोषणापत्र ले महिलाहरुको विशेष अधिकारको व्यवस्था संयुक्त रास्ट्र संघ सुरक्षा परिषदको १३२५ को प्रस्ताब, बेइजिंग घोषणा पत्र कार्ययोजना र सम्झौताहरुमाथि नेपाल सरकारले अनुमोदन त् गरेकै छ, तर बेला-बेलामा बिभिन्न प्रकारको गोष्ठी, सेमिनार, दिवस योजना गरि मनाउने गरेता पनि तर प्रभाबकारी रुपमा कार्यन्वयन गर्ने गरेको भने छैन |

महिला विरुद्धको हिंसालाई हाम्रो नेपाली समाजमा अझै पनि अपराधको मान्यता दिइदैन, त्यसैले बनाएको नीति नियमहरु मात्रै फाइलमा सिमित भएको छ भने महिला माथि हुने गरेको दुर्व्यवहार तथा हिंसाक घटनाहरु समाजमा वृद्धि हुदै गएको पाईएको छ, यसको प्रमुख कारण समाजमा चेतना तथा शिक्षाको कमि तथा सामाजिक संरचना नै रहेको छ, दक्षिण एशियाली देशहरुमा महिला लाई दोश्रो दर्जामा राखिने गरिएको छ, उनीहरुलाई पुरुष सरह आफ्नो अधिकार प्रयोग गर्न छुट छैन, महिला भएर जन्मिए पछी उनीहरुको लागि समाजले छुट्टै नीति नियमहरु लाग्ने गरेको छ, यसरि एकै समाज एकै घरमा रहेता पनि महिला पुरुष बीच हुने भेदभावपूर्ण व्यवहारले र महिलालाई कम्जोर, निरिह अनि शारीरिक रुपमा असक्षम ठान्ने मनस्थितिले गर्दा नै पुरुषद्वारा महिला माथि गरिने हिंसामा वृद्धि हुने मुख्य कारण हो |

हाम्रो नेपाली समाजमा भेदभावपूर्ण व्यवहार घर परिवार बाट नै शुरु हुने गरेको छ, एउटा परिवारले सानै देखि छोरा लाई हित्मति र आटिलो बनाएको हुन्छ, भने छोरीलाई निरिह तथा कमजोरी बनाएको हुन्छ,सानो देखि एउटा घरभित्र छोरा को अवस्था माथिल्लो दर्जाको हुन्छ उसको हरेक आबश्यकहरु आमा बुवाले खुशी भएर पुरा गरिदिन्छ बुढेसकालमा सहारा भनेर एउटा छोरा माथि उनीहरुको सम्पूर्ण ध्यान केन्द्रित हुने गर्दछ, त्येस्तै उसलाई जता जान जे गर्न छुट हुन्छ, उनीहरु माथि सामाजिक बन्देज कम हुन्छ, समाजमा छोरा ले जे गरे पनि हुन्छ उ त, केटा मान्छे भन्ने सस्कार अझै पनि छ, तर यहि समाजले छोरीको लागि बिभिन्न बन्देजहरु लगाउने गरेको छ, छोरीको हरेको क्रियाकलापहरुमा परिवार अनि समाजका आँखाहरुले हेरी रहने गरेको हुन्छ |

छोरी भएर जन्मिए पछी सधै भरि हेपिएर डराएर अनि खुम्चिएर परिवार भित्र नै बस्नु पर्दछ, भन्ने हाम्रो सामाजिक मान्यता छ छोरीलाई अर्काको नासो, अर्काको घर जानु  पर्ने जात, जस्ता उपनामहरु दिएर सानै उमेर देखि नै एउटा अस्तित्व नभएको बस्तुको रुपमा चित्रण गर्ने गर्ने परिपाटी हाम्रो समाजमा रहेको छ, सायद यस्तो भेदभावपूर्ण व्यवहारको कारणले गर्दै नै सानै देखि एउटी छोरी कम्जोर आत्मबल भएकी हुन्छे, उसमा कुनै पनि कुराको बिरोध गर्ने सामर्थ्य नै हुदैन भने एउटा छोरा भने म जे पनि गर्न सक्दछु म बलियो छु भन्ने बलियो आत्मबल भएको हुन्छ यसरि आफु माथि बिश्वास नै नभएको कमजोर आत्मबल भएको कारणले गर्दा नै सधै भरि एउटी महिलालाई अरु कसैको साथ चाहिन्छ यसै क्रममा श्रीमानबाट, परिवारबाट वा छिमेकीबाट दुर्व्यवहार भयो भनेपनि उनीहरुको  बिरोध गर्नुको साटो त्यसलाई सहि दिन्छन चुपचाप बसिदिन्छन यसबाट हिंसा गर्ने व्यक्ति लाई अझ उत्साहित हुन्छन र समाजमा यस्ता हिंसाका घटनाहरुमा वृद्धि हुदै गएको पाइन्छ |

समाजमा महिलालाई एउटा सुन्दर बस्तुको रुपमा चित्रण गरिएको पाइन्छ, महिला भन्ने बितिक्कै एउटा पुरुषको लागि राम्रो शरीर, राम्रो अनुहार, त्येसैले प्राप्त गरिहाल्नु पर्दछ भन्ने मान्यता रहेको पाइन्छ, त्यस कारण समाजमा बलात्कारको घटनाहरु वृद्धि हुदै गैरहेको पाइन्छ, एउटी महिला जब जब आफ्नो घरमा सुरक्षित हुदैन भने उनि सुरक्षाको निम्ति कहाँ जाने ? एउटी महिला भएर जन्मनुको पिडा उसको आफ्नो शरीर माथि उसको आफ्नो अधिकार हुदैन, यो भन्दा ठुलो विडम्बना, यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन् सक्ला ?

महिला लाई हेर्ने आँखाको परिबर्तन नएसम्म सायद महिलाहिंसा रहित परिवार उन्नत र शान्त समाजको आधार नारामा मात्रै सिमित रही रहन्छ |


यदि साच्चै नै महिला माथिको हिंसा हटाउने हो भने कार्य योजना तथा सम्झौताहरु अनुमोदन गर्ने मात्र होइन, त्यसलाई व्यवहारमा पनि कार्यन्वयन गर्नु पर्यो बिभिन्न घोषणा पत्रहरुमा प्रस्तुत गरिएको महिलाको विशेष अधिकारहरुले कानुनी रुपमा मान्यता प्राप्त गर्नु पर्यो ? अझ विशेष गरेर महिलाहरुको शिक्षामा विशेष महत्वपूर्ण दिनु पर्यो किनभने शिक्षित भएमा मात्रै चेतनाको अभिबृद्धि हुन्छ, जसबाट महिलामा आत्मबल बढ्छ र अन्यायको विरुद्धमा लड्नुपर्ने साहस पनि जुट्छ, अर्को कुरा अब महिलाले नै परिवार भित्र छोरा-छोरि बिचको भेदभावपूर्ण व्यवहारको अन्त्यको लागि पहल गर्नु पर्दछ यदि दुवैलाई समान किसिमको व्यवहार दिएर हुर्काइन्छ भने छोरीले आफु कम्जोर छु, सधै अरुको सहयोगमा मात्रै बाच्न सक्दछु भन्ने सोचाई बाट पनि मुक्ति पाउन सक्दछ, यदि आत्मबल उच्च छ भने सजिलै अन्यायको बिरोध गर्नु सक्दछ |

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी