A+ A A-

झण्डै दुई बर्ष पछि विनु हत्याको टुङ्गो !

अभियुक्त दिपेन्द्रलाई सर्वश्वसहित जन्मकैदको फैसला !

देब पचभैया



(ज्यान गुमाएकी पाल्पाकी बिनु पुलामी मगर्रनी)
पाल्पा, बैशाख ३० - अन्र्तरजातिय विवाहकै कारण ज्यान गुमाएकी पाल्पाकी बिनु पुलामीका श्रीमान् दिपेन्द्र बश्याललाई जिल्ला अदालत पाल्पाले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । साविक हेक्लाङ्ग गाविस–६ की २४ वर्षकी बिनु पुलामी मगरको हत्याका अभियुक्त दिपेन्द्र बश्याललाई जिल्ला अदालत पाल्पाका न्यायधीश शंकरराज बरालको इजलाशले सर्वश्वसहित जन्म कैदको फैसला सुनाइएको हो ।  मुलुकी ऐन १३ (३) नम्बर बमोजिम दिपेन्द्रलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको अदालतका तहशीलदार भेषराज खनालले जानकारी दिनुभयो । झण्डै दुइवर्ष पछि विनु हत्याकाण्डको टुङ्गो लागेको हो । 

(हत्यारा दिपेन्द्र बश्याल बाहुन)
 
Image may contain: 1 person, closeup

पाल्पाको साविक ताँहु गाविस–७ फुरुङ्गदीका २५ वर्षिय दिपेन्द्रले २०७३ साल असोज २८ गते विनुको हत्या गरेको पुष्टी भएको हो । हत्यापछि कालीगण्डकीको राम्दीपुल बाट विनुको शव फालिदिएको  दिपेन्द्र प्रहरीको बयानमा जनाएका थिए । बिनुको शब भने  २०७३ साल कार्तिक ४ गते साविकको हुँगी गाविस वडा नंम्बर २ अर्सेदी स्थीत कालीगण्डकी नदीको किनारमा फेला परेको थियो । बिनुको हत्या भएको हप्तौ सम्म पनि दिपेन्द्रले बिनुका माईतीपक्षलाई बिनु पढ्नका लागी भारत गएको भन्दै आएका थिए । महिनौ सम्म पनि बिनु माईतीको सम्पर्कमा नआएपछि माईतीले उनको खोजीका लागी प्रहरीमा निवेदन दिएका थिए ।जिल्ला अदालतले दिपेन्द्रका बुबा लक्ष्मण बश्याल र आमा पार्वती शर्मा (बस्याल) लाई समेत ६ महिना कैदको फैसला सुनाएको छ ।

मुलुकी ऐन १७ (३) नम्बर बमोजिम ६ महिना कैदको फैसला सुनाइएको तहशीलदार खनालले बताउनुभयो । तर उनीहरु दुबैको कैद भुक्तान भइसकेको छ । जिल्ला अदालतका अनुसार उनीहरु घट्नाको पुर्पक्षका लागि सात महिना थुनामा बसिसकेका छन । दिपेन्द्रका बुवा लक्ष्मण बश्याल साविकको हेक्लाङ– ८ स्थीत जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए भने पार्वती सोही विद्यालय पढाउने स्थायी शिक्षिका थिईन् । दिपेन्द्र जिल्ला शिक्षा कार्यालय, पाल्पामा शव इन्जिनियर पदमा कार्यरत थिए । विनुको हत्याहुनु भन्दा ४ बर्ष पहिले दिपेन्द्र संग अन्तरजातिय बिवाह भएको थियो । उनीहरु दुबै भगवतीटोल,तानसेन स्थित दिपेन्द्रको घरमा बस्दै आएका थिए । छोराको अन्तर्रजातिय विवाहलाई दिपेन्द्रका परिवारले भने अस्वीकार गर्दे आएका थिए ।

घटनामा संलग्न माथि कडा कारवाहीको माग गर्दे जिल्लाका मानब अधिकार कर्मी, महिला अधिकार कर्मी, बिनुका आफन्त लगाएतका जिल्लावासीले पहिले देखिनै माग गर्दे आएका थिए ।

Last Updated on Sunday, 13 May 2018 07:30

Hits: 2149

हामी नेपालको नाम नै परिवर्तन गर्न चाहदैनौ

माया घले मगर



ईजरालय - हाम्रो देशको नाम  सुन्दै सुन्दर लाग्छ हेर्दै सुन्दर लाग्छ, जहाँ प्राकृतिकले दिएको सुन्दरता बिश्वको उच्च स्थानमा रहेको सगरमाथा नेपाल भागवान गौतम बुद्ध जन्मिएका स्थल हो सुन्दर शान्त नेपाल हाम्रो देशको लोकप्रिय नाम हो "नेपाल' जहाँ मानब अधिकार हनन् भएको छ चेलीबेटीहरुलाई कौडीको भाउमा बेचबिखन गर्ने गरिएको छ, महिलाहरु लाई बोक्सीको आरोपमा मूलमन्त्र खुवाउने चलन चलीएको छ, हिंसात्मक गतिबिधि गर्ने देखि एउटा मानबले छुएको अर्को मानबले पानी नपिउने चलन चली आएको छ, मानिसहरु बिमारी हुदा धामी झाक्रीको विश्वास गर्ने र अकाल मै ज्यान जानेहरु कति छन् यस्तो चलन चलीआइरहेको छ, यस्ता रुढीवादी, अन्धबिस्वास चलनहरु,


हामी चाहदैनौ महिलालाई परिवर्तन गरेर पुरुष परिवर्तन गर्न
हामी चाहदैनौ ब्रामण जातीलाई परिवर्तन गरेर  दलित जाती परिवर्तन गर्न
हामी चाहदैनौ आदिबासी जनजातीलाई परिवर्तन गरेर ब्रामण जाती परिवर्तन गर्न
हामी चाहदैनौ नेपालको नाम परिवर्तन गरेर मिनी अमेरिका परिवर्तन गर्न
चाहदैनौ नेपालको नाम परिवर्तन गरेर मिनी युरोप परिवर्तन गर्न


हामी चाहन्छौ सर्वोच्चको न्यायपालिका, कार्यपालिका, व्यबस्थापिका बाट परिवर्तन गरेर स्थानीय निकाएको गाउपालिका सम्म सबै जाती, सबै भाषी, महिला/पुरुष, सबै धार्मिकहरुको अधिकारको सुनिश्चितता होस् सबै जनताहरुले बाच्न पाउने अधिकार होस् त्येसैले हामी चाहन्छौ समाजमा भएको अन्धबिस्वास, असमानता, पछाउटेपन, रुढीवादी लाई अन्त्य गरि सबै मानिसहरुले बाच्न पाउने अधिकारहरुको सुनिश्चितता गरि परिवर्तन गर्न चाहन्छौ | अनि मात्रै बिश्वले चिनीओस सुन्दर शान्त देश नेपाल भनेर |

 

Last Updated on Saturday, 01 April 2017 03:33

Hits: 866

२१औं सताप्दिमा पनि बाल बिबाह गरेको बर्ष दिन नपुग्दै गर्भवती हुने सख्या वृद्धि

माया मगर 
 
समाज अझै अन्धकारमा रुमलिएको छ, जमाना कहाँ बाट पुगिसकेको छ तर सोचाई भने उस्ताको उस्तै छ । छ-सात कक्षामा पढ्दा पढ्दै प्रेममा रमाउने, प्रेम शुरु भएको एक बर्ष नपुग्दै बिहे गर्ने र बिहे गरेको एक वर्ष  नपुग्दै गर्भवती हुने किशोरीको संख्या नेपाल अधिराज्य मै  बढ्दै गएको छ । 
 
साथी संगीहरुको लहलहैमा लागेर सानै उमेरमा बिहे गरेर गर्भवती भएका किशोरीहरुलाई स्वास्थ्य शिक्षाको राम्रो जानकारी नहुँदा जोखिमपूर्ण अवस्थामा रहेको एक अध्यायनले देखाएको छ । किशोरी उमेरमा आमा बनेकाहरुको अवस्था निकै आश्चर्यलाग्दा र जोखिमपुर्ण रहेको तथ्य फेला पारेको छ । २० बर्ष भन्दा कम उमेरमै गर्भवती हुदा आमा र बच्चा को मृत्यु हुने सम्भाबना बढी हुन्छ भन्ने सुने पनि किन र कसरी जोखिममा पर्छ भन्ने बारेमा प्रष्ट र सहि जानकारी नहुने हुदा स्वास्थ्य नै जोखिमपूर्ण अवस्थामा हुन्छ । समाजमा बिहे गरेको एक बर्ष सम्म गर्भवती नहुने महिलालाई श्रीमानले यो श्रीमती बाट बच्चा हुदैन भनेर छोड्ने, हेला गर्ने, उस्तै परे अर्काे बिहे गर्ने, देखि परिवारका सदस्य तथा छिमेकीले कुरा काट्ने भएकाले प्रेम बिबाह गरेका किशोरीहरु माथि बिहे गरेको एक बर्ष नपुग्दै गर्भबति हुन चर्काे दबाब पर्ने गरेको छ। उनीहरु नियमित स्वास्थ्य चेक जाचका लागि समेत स्वास्थ्य चौकीमा जादैनन ।
 
बिरामी भएको थाहा भई हाल्यो भने पनि बिरामी परिएको छैन ? अनि किन स्वास्थ्य संस्थामा जाने भन्दै उनीहरुले नियमित रुपमा चेक जाच समेत गराउदैनन । नियमित रुपमा स्वास्थ्य परिक्षण नगराउने र सुत्केरी हुने क्रममा समस्या परेपछि मात्र अस्पताल आउने किशोरी र उनीबाट जन्मने शिशुहरुको मत्यु हुने जोखिम बढी भएको अवस्थामा छ । जब महिला मानसिक, शारीरिक रुपमा बिकसित हुदै संग संगै शिक्षित हुन्छ अनि मात्रै एउटी महिलाले आफ्नो स्वास्थ्य, शिक्षा, रोजगार र अधिकारको बारेमा निर्णय गर्न सक्छिन ।

के हुन् त खतराहरु बाल बिबाह गर्दा हुने :-
२० वर्षको उमेर नपुगी महिलाले बच्चा जन्माउदा खेरि उनिको शारीरिक र मानसिक रुपमा बिकसित भैसकेको हुदैन त्येसैले बच्चा जन्माउदा आमा र बच्चा दुबैको ज्यान जाने खतरा हुन्छ । अर्को कुरा उनि संग स्वास्थ्य सम्बन्धि कति वर्षको उमेरमा बिबाहा गर्ने, कहिले बच्चा जन्माउने, कति वटा बच्चा जन्माउने धेरै सन्तान जन्माएमा आफ्नो स्वास्थ्य लाई के हानिकारक हुन्छ ? भन्ने यी निर्णय गर्ने क्षमता नै हुदैन ।  
गरीवी अभाव, अशिक्षा, चेतनाको कमीले बाल बिबाह गर्नेहरुको संख्यामा वृद्धि हुदै गइरहेको छ । नेपाल अधिराज्य भरिको कुना-कुनामा बाल बिबाह सम्बन्धि हानीकारक चेतनाहरू दिनु सक्यो भने यो चलन अन्त्य भएर जानेछ ।
(लेखक : नेपाल रेडक्रस सोसाईटी रिवार्ड प्रोजेक्टमा (FRCH)सम्बन्धित काम गरेको अनुभबमा)

Last Updated on Thursday, 16 March 2017 14:44

Hits: 646

बिउझिएका नेपाली गाउले महिला

गोबिन्द घर्ती

चैत्र ६ । राज्यको हरेक क्षेत्रमा महिलाहरुको समान सहभागिता हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले संविधानमा महिालहरुको अधिकार स्थापित भएपनि कार्यान्वयन गर्न कठिनाई रहेकोमा जोड दिएका थिए । देवदह–४, भवानीपुरमा आयोजित विउझिएका नेपाली गाउले महिला सञ्जाल रुपन्देहीको जिल्ला अधिवेशनको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रमका वक्ताहरुले समाज परिवर्तन गर्न महिलाहरु लाग्नु पर्ने भन्दै प्राप्त अधिकारलाई सुनिश्चित गर्न महिलाहरु नै सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले दलिय स्वार्थ भन्दा माथि उठेर अधिकार प्राप्तीको लागि सम्पूर्ण महिलाहरु एकजुट हुने पर्नेमा जोड दिदै महिलाहरुको क्षमता बृद्धिका लागि राज्यले महिलाहरुलाई शसक्तिकरणका कार्यक्रम गर्न आवश्यक रहेको बताएका थिए । विउझिएका नेपाली गाउले महिला सञ्जालका अध्यक्ष सिता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका निमित्त प्रमुख विनोद ज्ञवाली, महिला जागरण सहयोग समुहका अध्यक्ष निर्मला चौधरी, महामाया भवानी माविका सहयाक प्राचार्य हुमनाथ पाण्डे, शहरी स्वास्थ्य विकास केन्द्रका अध्यक्ष लिलावल्लभ भट्टराई लगायतले आ–आफना भनाई राखेका थिए ।
अधिवेशनले सिमा चौधरीको अध्यक्षतामा विउझिएका नेपाली गाउले महिला सञ्जाल रुपन्देहीको समिति गठन गरेको छ । जसको उपाध्यक्षमा देवु भट्टराई, सचिवमा सरस्वती थापा, सहसचिवमा सृजना थापा, कोषाध्यक्षमा शुसिला भट्टराई रहेका छन । अन्य सदस्यहरुमा अस्मिता गिरी, ओम कुमारी चौधरी, पुन्ती मुसहर, निर्मला तामाङ्ग रहेका छन । त्यसैगरी सिता वस्याल, कमला भट्टराई, तारा भट्टराई, टिका कुमारी पाण्डे, विष्णु घिमिरेलाई सल्लाहकारमा चयन गरेको छ । लिलु गुरुङ्गको स्वागत र सरस्वती पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Last Updated on Monday, 20 March 2017 12:20

Hits: 484

नारी आफैले आफ्नो सुरक्षा र अधिकारको पहल गरौ

माया घले मगर


Image may contain: text

ईजरायल, मार्च ४ - बिश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिख को दिन मनाउदै आइरहेको छ प्रत्येक बर्ष नेपालमा पनि बिभिन्न कार्यक्रमको योजना गरि बिभिन्न संघसंस्था द्वारा अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै आइरहेको छ |

महिलाहरु हकमा काम गर्ने संघसस्थाहरु द्वारा गरिएको गत वर्ष सर्वेक्षण अनुसार बिश्वमा ३ मध्य १ महिलाले जिबनको कुनै पनि समयमा हिंसा भोग्नु परेको तथ्यांक सार्बजनिक गरिएको थियो | दक्षिण एशियामा झन्डै ५०% महिलाहरु हिंसाबाट पिडित छन्,अझ नेपालमा कुरा गर्ने हो भने बिगत ७ महिनाको अबधिमा झन्डै १४ सय भन्दा बढी महिलाहरु हिंसाको शिकार भएको तथ्य महिला पुनर्स्थापना केन्द्र ओरेकले सार्बजनिक गरेको थियो | महिला माथि हिंसा गर्नेमा बढी छिमेकी तथा आफ्नै श्रीमान हुने गरेका छन् भने हिंसाको रुपमा बलात्कार, हत्या तथा चेलीबेटी बेचबिखन प्रमुख रहेको छ |

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बिभिन्न प्रकारको नीति तथा सम्झौताहरु महिलाको विशेष अधिकारहरुको व्यवस्था नगरिएको हैन संयुक्त रास्ट्र संघले १९९८ मा पारित मानब अधिकारको बिश्वब्यापी घोषणापत्र ले महिलाहरुको विशेष अधिकारको व्यवस्था संयुक्त रास्ट्र संघ सुरक्षा परिषदको १३२५ को प्रस्ताब, बेइजिंग घोषणा पत्र कार्ययोजना र सम्झौताहरुमाथि नेपाल सरकारले अनुमोदन त् गरेकै छ, तर बेला-बेलामा बिभिन्न प्रकारको गोष्ठी, सेमिनार, दिवस योजना गरि मनाउने गरेता पनि तर प्रभाबकारी रुपमा कार्यन्वयन गर्ने गरेको भने छैन |

महिला विरुद्धको हिंसालाई हाम्रो नेपाली समाजमा अझै पनि अपराधको मान्यता दिइदैन, त्यसैले बनाएको नीति नियमहरु मात्रै फाइलमा सिमित भएको छ भने महिला माथि हुने गरेको दुर्व्यवहार तथा हिंसाक घटनाहरु समाजमा वृद्धि हुदै गएको पाईएको छ, यसको प्रमुख कारण समाजमा चेतना तथा शिक्षाको कमि तथा सामाजिक संरचना नै रहेको छ, दक्षिण एशियाली देशहरुमा महिला लाई दोश्रो दर्जामा राखिने गरिएको छ, उनीहरुलाई पुरुष सरह आफ्नो अधिकार प्रयोग गर्न छुट छैन, महिला भएर जन्मिए पछी उनीहरुको लागि समाजले छुट्टै नीति नियमहरु लाग्ने गरेको छ, यसरि एकै समाज एकै घरमा रहेता पनि महिला पुरुष बीच हुने भेदभावपूर्ण व्यवहारले र महिलालाई कम्जोर, निरिह अनि शारीरिक रुपमा असक्षम ठान्ने मनस्थितिले गर्दा नै पुरुषद्वारा महिला माथि गरिने हिंसामा वृद्धि हुने मुख्य कारण हो |

हाम्रो नेपाली समाजमा भेदभावपूर्ण व्यवहार घर परिवार बाट नै शुरु हुने गरेको छ, एउटा परिवारले सानै देखि छोरा लाई हित्मति र आटिलो बनाएको हुन्छ, भने छोरीलाई निरिह तथा कमजोरी बनाएको हुन्छ,सानो देखि एउटा घरभित्र छोरा को अवस्था माथिल्लो दर्जाको हुन्छ उसको हरेक आबश्यकहरु आमा बुवाले खुशी भएर पुरा गरिदिन्छ बुढेसकालमा सहारा भनेर एउटा छोरा माथि उनीहरुको सम्पूर्ण ध्यान केन्द्रित हुने गर्दछ, त्येस्तै उसलाई जता जान जे गर्न छुट हुन्छ, उनीहरु माथि सामाजिक बन्देज कम हुन्छ, समाजमा छोरा ले जे गरे पनि हुन्छ उ त, केटा मान्छे भन्ने सस्कार अझै पनि छ, तर यहि समाजले छोरीको लागि बिभिन्न बन्देजहरु लगाउने गरेको छ, छोरीको हरेको क्रियाकलापहरुमा परिवार अनि समाजका आँखाहरुले हेरी रहने गरेको हुन्छ |

छोरी भएर जन्मिए पछी सधै भरि हेपिएर डराएर अनि खुम्चिएर परिवार भित्र नै बस्नु पर्दछ, भन्ने हाम्रो सामाजिक मान्यता छ छोरीलाई अर्काको नासो, अर्काको घर जानु  पर्ने जात, जस्ता उपनामहरु दिएर सानै उमेर देखि नै एउटा अस्तित्व नभएको बस्तुको रुपमा चित्रण गर्ने गर्ने परिपाटी हाम्रो समाजमा रहेको छ, सायद यस्तो भेदभावपूर्ण व्यवहारको कारणले गर्दै नै सानै देखि एउटी छोरी कम्जोर आत्मबल भएकी हुन्छे, उसमा कुनै पनि कुराको बिरोध गर्ने सामर्थ्य नै हुदैन भने एउटा छोरा भने म जे पनि गर्न सक्दछु म बलियो छु भन्ने बलियो आत्मबल भएको हुन्छ यसरि आफु माथि बिश्वास नै नभएको कमजोर आत्मबल भएको कारणले गर्दा नै सधै भरि एउटी महिलालाई अरु कसैको साथ चाहिन्छ यसै क्रममा श्रीमानबाट, परिवारबाट वा छिमेकीबाट दुर्व्यवहार भयो भनेपनि उनीहरुको  बिरोध गर्नुको साटो त्यसलाई सहि दिन्छन चुपचाप बसिदिन्छन यसबाट हिंसा गर्ने व्यक्ति लाई अझ उत्साहित हुन्छन र समाजमा यस्ता हिंसाका घटनाहरुमा वृद्धि हुदै गएको पाइन्छ |

समाजमा महिलालाई एउटा सुन्दर बस्तुको रुपमा चित्रण गरिएको पाइन्छ, महिला भन्ने बितिक्कै एउटा पुरुषको लागि राम्रो शरीर, राम्रो अनुहार, त्येसैले प्राप्त गरिहाल्नु पर्दछ भन्ने मान्यता रहेको पाइन्छ, त्यस कारण समाजमा बलात्कारको घटनाहरु वृद्धि हुदै गैरहेको पाइन्छ, एउटी महिला जब जब आफ्नो घरमा सुरक्षित हुदैन भने उनि सुरक्षाको निम्ति कहाँ जाने ? एउटी महिला भएर जन्मनुको पिडा उसको आफ्नो शरीर माथि उसको आफ्नो अधिकार हुदैन, यो भन्दा ठुलो विडम्बना, यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन् सक्ला ?

महिला लाई हेर्ने आँखाको परिबर्तन नएसम्म सायद महिलाहिंसा रहित परिवार उन्नत र शान्त समाजको आधार नारामा मात्रै सिमित रही रहन्छ |


यदि साच्चै नै महिला माथिको हिंसा हटाउने हो भने कार्य योजना तथा सम्झौताहरु अनुमोदन गर्ने मात्र होइन, त्यसलाई व्यवहारमा पनि कार्यन्वयन गर्नु पर्यो बिभिन्न घोषणा पत्रहरुमा प्रस्तुत गरिएको महिलाको विशेष अधिकारहरुले कानुनी रुपमा मान्यता प्राप्त गर्नु पर्यो ? अझ विशेष गरेर महिलाहरुको शिक्षामा विशेष महत्वपूर्ण दिनु पर्यो किनभने शिक्षित भएमा मात्रै चेतनाको अभिबृद्धि हुन्छ, जसबाट महिलामा आत्मबल बढ्छ र अन्यायको विरुद्धमा लड्नुपर्ने साहस पनि जुट्छ, अर्को कुरा अब महिलाले नै परिवार भित्र छोरा-छोरि बिचको भेदभावपूर्ण व्यवहारको अन्त्यको लागि पहल गर्नु पर्दछ यदि दुवैलाई समान किसिमको व्यवहार दिएर हुर्काइन्छ भने छोरीले आफु कम्जोर छु, सधै अरुको सहयोगमा मात्रै बाच्न सक्दछु भन्ने सोचाई बाट पनि मुक्ति पाउन सक्दछ, यदि आत्मबल उच्च छ भने सजिलै अन्यायको बिरोध गर्नु सक्दछ |

 

Last Updated on Sunday, 05 March 2017 08:39

Hits: 724

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर