A+ A A-

कामरेडको थाप्लोमा एकैचोटी तीन तीन मुद्दा

परासी असोज १२ 

लुटपाटमा संलग्न भएको अभियोग लागेपछि निष्कासन गरिएका नवलपरासी स्थित माओवादी चौथो डिभिजनका एक लडाकुलाई दुई जिल्ला बाट तिन वटा मुद्धामा कारबाहि प्रकृया अगाडि बढाईएकोछ । डिभिजनकी अर्कि महिला लडाकुलाई समेत कारबाहि प्रकृया अगाडि बढाईको प्रहरीले जनाएकोछ ।

 

८ भदौ मा गुल्मीको ग्वाघा गाविस वडानं ५ का तिन घरमा भएको लुटपाटमा संलग्न भएको स्विकार गरेपछि माओवादी चौथो डिभिजनले सेक्शन कमाण्डर रमेश भनिने राजु बस्याललाई निस्कासन गरेको थियो । तिनै अभियुक्त बिरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी र गुल्मीमा तिन वटा मुद्धामा कारबाहि प्रकृया अगाडि बढाईएकोहो  । गुल्मी खडककोट गाविस ५ का राजु बस्याल बिरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीले हातहतियार तथा खरखजना सम्बन्धि  मुद्धा प्रकृया अगाडि बढाईएको प्रहरी निरिक्षक दुर्गा श्रेष्ठले बताए ।

 


राजुले सहकर्मी अर्पणा भनिने सेक्सन कमाण्डर विन्दु पुन मगरलाई उनको नयांबेलहानी गाविस ४ मझुवामा रहेको डेरामा हतियार लुकाउन दिएका थिए । लुकाउन दिएको हतियार राजुकै वयानका आधारमा बराबद गरिएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले दुवै जनालाई हातहतियार सम्बन्धि मुद्धा दर्ता गरी कारबाहि प्रकृया अगाडि बढाईएको श्रेठले बताए । माओवादी चौथो डिभिजनले भने विन्दुको बारेमा अनुसन्धान भैरहेको जनाउदै आएकोछ । 


जिल्ला प्रहरी कार्यालय गुल्मीले हातहतियार र डांका गरि दुई वटा मुद्धामा कारबाहि  प्रकृया अगाडि बढाएको गुल्मीका प्रहरी निरिक्षक ओमप्रकाश चौधरी बताउछन् । राजुलाई हाल नवलपरासी ल्याईएकोछ । लुटपाटमा अन्य ब्यक्तिहरुको पनि संलग्नता देखिएकोछ ।  पोखरामा मजदुरी काम गर्ने रोल्पा जेलावाङ्ग गाविस १  का राजन बुढामगर र रोल्पा जेलावाङ्ग १ का वाईसिएलका कार्यकर्ता मनेन्द्र रोका लाई पर्वत वाट पक्राउ गरि गुल्मी बाट हातहतियार सम्बन्धि मुद्धा चलाईएकोछ ।
 

देव पचभैया पाल्पा 
 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर